Widgets

Home » » हिजो जसको हाकिम, आज उसकै कारिन्दा, हेल्थ असिस्टेन्ट नै स्वतः डाक्टर

हिजो जसको हाकिम, आज उसकै कारिन्दा, हेल्थ असिस्टेन्ट नै स्वतः डाक्टर

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ असार, काठमाण्डौं । वरिष्ठचाहिँ कनिष्ठ र कनिष्ठचाहिँ बरिष्ठ स्वतः हुने दिन कमै आउला । तर, विभिन्न मन्त्रालय र निकायका सायौं कार्यालय प्रमुखले आफूले काम अह्राउँदै आएका कनिष्ठ कर्मचारीलाई अब हाकिम र बरिष्ठ मान्नुपर्ने भएको छ । सरकारले निजामित एन २४ (४) को प्रावधान अनुसार स्वतः बढुवा गरेका उपसचिवदेखि खरिदारसम्मका झन्डै १५ हजार कर्मचारीलाई त्यसरी पदोन्नति भएकै मितिदेखि लागूहुने गरी हालै समायोजन गरेपछि यस्तो भएको हो । स्वतः बढुवाले निजामति प्रशासनमा ल्याएका विकृति धेरै छन् । केही बर्षअघि टाइपिस्टमा नियुक्त कर्मचारी कम्प्युटर अपरेटर हुँदै स्वतः बढुवाबाट कम्प्युटर इन्जिनियरै बनेका छन् । ओभरसियर समेतले बिनाडिग्री स्वतः इन्जिनियर हैसियत पाएको कान्तिपुर दैनिकमा खबर छ । हेल्थ असिस्टेन्टहरु स्वतः डाक्टर बनेका छन् । केही दिनअघिसम्म एउटै कार्यालयमा हाकिम या वरिष्ठ भएर काम गरेका खुला प्रतिष्पर्धाबाट नियुक्त वा लिखित परीक्षाबाट बढुवा भएका हजारौं कर्मचारी यतिबेला समस्यामा छन् । स्वतः पदोन्नति भएर तल्लै दरबन्दीमा कार्यरत कर्मचारीलाई पुरानै मितिदेखि समायोगन गरिएका छन् । स्वतः आएर तल्लो तहकै काम गरिरहेका कर्मचारुीले परीक्षा उर्त्तीण गरेर आउनेलाई वरिष्ठतामा थिचेका छन् । ‘उपसचिव प्रमुख हुने कार्यालयमा स्वतः बढुवा भएका उपसचिवसमेत यसअघिको कानुनी व्यवस्था अनुसार शाखा अधिकृतको हैसियतमा काम गर्दै आएका थिए । अध्यादेशमार्फत हालै संशोधित निजामती ऐनअनुसार स्वतः बढुवा भएकै मिति अर्थात २०४६ देखि लागू हुने गरी यति बेला समायोजन गरियो । त्यसपछि कैयौं कार्यालयमा खुला प्रतिष्पर्धाबाट उपसचिव भएका कर्मचारी स्वतः बढुवा भएका भन्दा कनिष्ठ हुन पुगेका छन् । आफूले काम अह्राएको व्यक्तिलाई अब कसरी हाकिम या वरिष्ठ मान्ने ? यसले प्रशासनमा विकृति ल्याउँछ,’ एक सरकारी अधिकारीले चिन्ता व्यक्त गरे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger