Widgets

Home » » रेखा पनि भोजपुरी सिनेमामा, यि हुन् थापाका नयाँ हिरो

रेखा पनि भोजपुरी सिनेमामा, यि हुन् थापाका नयाँ हिरो

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भारतमा मात्र होइन विश्व बजारमै भोजपुरी चलचित्रको माग दिनानुदिन बढिरहेको छ । भोजपुरी सिनेमाको बजार नेपाली चलचित्रको भन्दा निक्कै ठूलो छ । यसैले पनि नेपालका चर्चित कलाकारहरु भोजपुरी सिनेमा खेल्न अग्रसर देखिएका छन् । नेपाली सिनेमाका याक्सन हिरो विराज भट्ट यतिबेला भोजपुरीको टप थ्री नायकमा गनिन्छन् ।यस्तै आयुष रिजाल पनि भोजपुरी सिनेमा नगरीमै संघर्षरत छन् । अब यो भिडमा नेपालकै चर्चित नायिका रेखा थापाको नाम पनि जोडिएको छ । रेखा नेपाली र भोजपुरी भाषामा निर्माण हुन लागेको चलचित्र ‘रफ्तार’मा अभिनय गर्न कस्सिएकी छिन् । असार २५ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रलाई समिरकुमार जोशीले निर्देशन गर्दैछन् । बी.एन.बी इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा रेखाका अलवा निरजराज पौडेल, शिव आचार्य लगायतका कलाकारको अभिनय रहने बताइएको छ । चलचित्रको छायांकन विरगञ्ज, सितामणी, वुटवल लगायतका क्षेत्रमा गरिनेछ । रेखासँगै अभिनय गर्न लागेका निरजराज भोजपुरी सिनेमाका चर्चित संगीतकार तथा कलाकार हुन् । उनले केही भोजपुरी सिनेममा काम गरिसकेका छन् । यसैबिच रेखाले आफै निर्माण गरेको चलचित्र काली पनि भोजपुरी भाषामा डबिङ गर्ने सोच उनको थियो । तर भोजपुरी भाषामा डब गर्दा गीत पुन रेकडिङ गर्नुपर्ने भएपछि रेखा पछि हटेको वुझिएको छ । गीतकै लागि ५ लाख बढिको बजेट खर्च गर्नु पर्ने भएपछि रेखा झस्किएको वुझिएको छ । निरजले अभिनय गरेको चलचित्र बबालको गीत यस्तो छ :

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger