Widgets

Home » » एएनएमा महको बेजोड प्रस्तुती

एएनएमा महको बेजोड प्रस्तुती

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

maha

न्युयोर्क, असार २३ - अनौंठो सन्र्दभ थियो, अमेरिका र क्यानडाका नेपाली आप्रवासीहरुको संस्था एएनएको सम्मेलन, न्युयोर्कका आकाशे महलहरु माँझबाट उछिट्टिदैं जंगलतिर किन भाँसियो भनेर । शहरबाट झण्डै तीस माईलको दुरीमा अवस्थित हिल्टन होटलमा रचिएको आप्रवासी जमघटमा यसअर्थमा पनि कम रौसिने आंकलन थियो । त,र त्यसो भएन । करिब एक दशकपछि प्रहसनकालागि मह जोडी स्टेजमा बिहीबार र शनिबारराति पर्दापरण भएपछि एएनएको ३१ औं संस्करण उल्का भयो । पहिलो दिनको करिब एक घण्टे प्रहसनकालागि त टिकट 'सोल्ड आउट' हुनपग्यो । हल भित्र अनि बाहिरको मौहाल हेर्दा लाग्थ्यो, सम्मेलन होईन्, मह चाटनै मानिसहरु उर्लिए । मह नहुँदा सुस्ताएका रित्ता सम्मेलन कक्ष हरुले यसैलाई पुष्टि गर्थ्र्यो । हाँस्य व्यङग प्रहसनको पहिलो प्रसंग थियो, 'म डन' । नेपालको 'डन' संस्कार लाई चरितार्थ पार्न क्रममा डन चरित्रका फोटोग्राफर मदनकृष्णले विदेश भाँसिन राहदानीकालागि फोटो खिच्न आएका हरिवंशलाई पनि 'डन' बनाईदिएको र फोनको भरको करोडौं कमाएका दृश्यहरु एवम संवादहरुले आप्रवासीहरुलाई पेट मिच्न बाँध्य बनाएका थिए । दोस्रो सत्रमा मदनकृष्ण एक बि्रटिस पर्यटक र हरिवंश विदेश जान नपाएर भौतारिएको एक अधवैंशे नेपालीको चरित्रमा थिए । वर्षौं अघि आफूलाई लण्डन छिर्ने क्रममा एयरपोर्टको अध्यागमनबाट फर्कादिएको रिस साँधेका हरिवंशले नेपालको प्रजातन्त्र हेर्न आएका ती पूर्व अध्यागमन अधिकारी मदनकृष्णलाई नेपालबाट घोक्रोठ्याक लगाइदिएको दृश्य बेजोड र रोमान्चक थियो । घोक्रोठ्याक लाउनु अघि धर्मपुत्र बनाएर आफूलाई बेलायत लाने प्रस्ताव बि्रटिस पर्यटकले अस्वीकार गरेपछि हरिवंशले भन्छन् , 'त्यसो भए एउटा काम जसरी भएपनि गरिदिउ, हाम्रो देशका दुई सय जति नेताहरुलाई लण्डन लैजाउ, अनि 'जु' भित्र राखिदेउ ।' धेरै बेरसम्म हलमा हाँसो गुन्जिरहयो, ताली गडगडाहट बजिरहयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger