भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी थाई एयरको बिमानबाट सिंगापुर प्रस्थान गरेका हुन् । दाहाल दम्पत्ती ४ दिन सिंगापुरमा रहनेछन् । दाहाल र पत्नी सीता मात्रै सिंगापुर प्रस्थान गरेका छन् । सीताको सिंगापुरस्थित ट्याङ टोक सेङ अस्पतालमा उपचार गर्न लागिएको सचिवालयले बताएको छ । यो सिंगापुरको तेस्रो ठूलो अस्पताल हो । मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.