Widgets

Home » » मुगल ए आजम उत्कृष्ट

मुगल ए आजम उत्कृष्ट

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुगल ए आजम उत्कृष्ट
सय वर्ष पुरानो इतिहास बोकेको हिन्दी सिनेमा बलिउडको उत्कृष्ट फिल्म कुन होला? ६०औं दसकमा निर्मित हिन्दी फिल्म मुगल ए आजम सबैभन्दा उत्कृष्ट फिल्म रहेको हालै बेलायतमा गरिएको एक सर्वेक्षणले देखाएको छ। हिन्दी सिनेमा सय वर्ष पूरा गरेको उपलक्ष्यमा गरिएको उक्त सर्वेक्षणमा विदेशीले पनि सो फिल्मलाई रुचाइएको देखाएको छ। मुगल ए आजमलाई पहिलो नम्बर दिँदै ब्रिटिस एसिया साप्ताहिक पत्रिका 'इस्टर्न आइ'ले गरेको सर्वेक्षणमा रमेश ‌सिप्पीले बनाएको फिल्म 'शोले' दोस्रो नम्बरमा परेको थियो। मुगल ए आजम १९६० अगस्ट ५ मा रिलिज गरिएको थियो। यो फिल्म बनाउन करिब एक करोड पाँच लाख खर्च गरेको निर्माण पक्षको दाबी छ। उक्त फिल्म बनाउनमात्र सात वर्ष लागेको थियो। त्यो समयमा पनि यो फिल्मलाई एक सय पचास हलमा एक साथ रिलिज गरिएको थियो। के आसिफले निर्देशन गरेको उक्त फिल्ममा मधुबाला, पृथ्वीराज कपुर र दिलीप कुमारको मुख्य भूमिका रहेको थियो। मुगल ए आजम र शोलेबाहेक क्रमशः दिलवाले दुल्हनियां ले जाएंगे, मदर इंडिया, आवारा, दीवार, थ्री इडियट्स, कभी कभी, अन्दाज र मैंने प्यार किया फिल्म परेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger