Widgets

Home » » मन्डेलाको स्वास्थ्यमा बिस्तारै सुधार, ९५औं जन्मदिवस मनाइयो

मन्डेलाको स्वास्थ्यमा बिस्तारै सुधार, ९५औं जन्मदिवस मनाइयो

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मन्डेलाको स्वास्थ्यमा बिस्तारै सुधार, ९५औं जन्मदिवस मनाइयो
जोहानिसबर्ग – दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको स्वास्थ्य स्थिति गम्भीर भए पनि स्थिर रहेको र ढिलो गतिमा सुधार भइरहेको छ। दक्षिण अफ्रिकी सरकारले मन्डेलाको स्वास्थ्य स्थितिबारे बताइरहँदा बिहीबार मन्डेलाको ९५ औं जन्म दिवस देशभर नै मनाइएको छ। मन्डेलाको जन्मदिनलाई सरकारले 'मन्डेला दिवस'का रुपमा मनाइएको छ। उनको जन्म दिवसका अवसरमा पूरै देशभर नै अनगिन्ती समारोह आयोजना गरिएका छन्। दक्षिण अफ्रिकाका राष्ट्रपिता तथा पहिलो अस्वेत राष्ट्रपति मन्डेला प्रिटोरियास्थित मेडिक्लिनिक हार्ट हस्पिटलमा जेठ २५ गतेदेखि उपचाररत छन्। फोक्सोमा संक्रमण भएपछि उनलाई त्यहाँ भर्ना गरिएको थियो। ९५ औं जन्म दिवसमा देशभर विद्यालयका विद्यार्थीले गाएर मन्डेलालाई जन्मदिनको बधाइ दिनुका साथै सिघ्र स्वास्थ्य लाभका लागि बिहीबार प्रार्थना गरे। मन्डेलाको जन्म दिवसमा दक्षिण अफ्रिकाका विद्यालय र अनाथालय सफासुग्घर पारियो, अस्पतालको सफाइ गरियो र गरिबगुरुवालाई भोजन गराइएको छ। संयुक्त राष्ट्र संघ महासभाले सन् २००९ मा मन्डेलाको योगदानको कदर गर्दै सम्मानस्वरुप उनको जन्मदिन १८ जुलाईलाई 'नेल्सन मन्डेला अर्न्तराष्ट्रिय दिवस'का रुपमा मनाउने घोषणा गरेको थियो। नेल्सन मन्डेला सेन्टर अफ मेमोरीलगायत संघसंस्थाले बिहीबार ६७ मिनेट सामाजिक काममा खर्चन सर्वसाधारणसँग आग्रह गरेका छन्। मन्डेलाले आफ्नो जीवनका ६७ वर्ष वकिल, सामाजिक कार्यकर्ता, जेललगायत राष्ट्रपतिका रुपमा जनसेवा गरेका कारण ६७ मिनेट सामाजिक कार्यमा खर्चन आग्रह गरिएको हो। अन्तिम गोरा राष्ट्रपति एफडब्लु डे क्लार्कले मन्डेलाको प्रतिबद्धता र उदाहरणमा दक्षिण अफ्रिकावासीले गर्व गर्नसक्ने बताए। डे क्लार्कले अहिले मन्डेलाको पुर्ख्यौली स्वामित्वबारे अनुचित विवादको समय नभएको समेत बताए। अहिले मन्डेलाको पुर्ख्यौली पारिवारिक स्वामित्वलगायत कुरामा परिवारबीच विवाद चलिरहेको छ। प्रेमपूर्वक 'मडिबा' उपनामले बोलाइने मन्डेलालाई सन् १९९३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनी सन् १९९४ मा देशको पहिलो अस्वेत राष्ट्रपति निर्वाचित भएका थिए। सन् १९९९ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले सक्रिय राजनीति त्यागेका थिए। सन् २००४ मा भने उनले सक्रिय सार्वजनिक जीवनबाट समेत अवकास लिएपछि उनी सार्वजनिक कार्यक्रममा विरलै मात्र उपस्थित हुन्थे। सन् १९८० ताका जेलमा बन्दी भएका बेला क्षयरोग भएपछि उनको फोक्सोमा बेला बेला संक्रमण देखिने गरेको छ। यस वर्ष नै उनी फोक्सो संक्रमणका कारण चारपल्ट अस्पताल भर्ना भइसकेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger