Widgets

Home » » नेफ्टा अवार्ड मलेसियामा, झरना थापा उत्कृष्ट खलपात्रको मनोनयनमा (नामाबली सहित)

नेफ्टा अवार्ड मलेसियामा, झरना थापा उत्कृष्ट खलपात्रको मनोनयनमा (नामाबली सहित)

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको स्वरुप यो बर्ष केही फेरिने भएको छ । यो बर्ष नेफ्टा अवार्ड मलेसियामा आयोजना हुने काठमाण्डौमा आयोजना गरिएको नोमिनेशन सार्वजनिक कार्यक्रममा जानकारी गराइएको हो ।चलचित्र ‘हो यही माया हो’का निर्माता सुवास गिरीको बिशेष पहलमा नेफ्टा अवार्ड यो बर्ष मलेसियामा आयोजना हुने भएको हो । प्राविधिक संघले यसअघि अवार्ड कार्यक्रम सोल्टी होटलमा गर्दै आएको थियो ।
निर्माता सुवास गिरीले मलेसियामा रहेका नेपालीहरुले नेपाली चलचित्र र कलाकारहरुलाई अत्यन्त माया गर्ने बताउँदै नेफ्टा अवार्डलाई भव्य रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । यस्तै प्राविधिक संघका अध्यक्ष मनोज केसीले हालको संविधान सभाको हलबाट सुरु भएको नेफ्टा अवार्डको आयोजना सोल्टी हुँदै मलेसियामा पुगेकोमा खुशी लागेको बताए ।यो बर्ष नेफ्टा अवार्डमा ३१ विधामा अवार्ड वितरण गर्ने आयोजकले जनाएको छ । भरत शाक्य, विजयरत्न तुलाधार, जावेद शाह, प्रभावकरदेव श्रेष्ठ, सुनिल थापाको निणर्ायक टिमले ३१ विधामा पर्न सफल चलचित्रकर्मीको नाम तय गरेको हो । ४८ वटा सिनेमा हेरिसकेपछि निष्पक्ष रुपमा नोमिनेशन तयार पारिएको जुरीका संयोजक भरत शाक्यले बताए । नेफ्टा अवार्डमा नोमिनेशनमा पर्न सफल नोमिनिजहरुको नामावली यसप्रकार छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger