भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको स्वरुप यो बर्ष केही फेरिने भएको छ । यो बर्ष नेफ्टा अवार्ड मलेसियामा आयोजना हुने काठमाण्डौमा आयोजना गरिएको नोमिनेशन सार्वजनिक कार्यक्रममा जानकारी गराइएको हो ।
चलचित्र ‘हो यही माया हो’का निर्माता सुवास गिरीको बिशेष पहलमा नेफ्टा अवार्ड यो बर्ष मलेसियामा आयोजना हुने भएको हो । प्राविधिक संघले यसअघि अवार्ड कार्यक्रम सोल्टी होटलमा गर्दै आएको थियो ।
निर्माता सुवास गिरीले मलेसियामा रहेका नेपालीहरुले नेपाली चलचित्र र कलाकारहरुलाई अत्यन्त माया गर्ने बताउँदै नेफ्टा अवार्डलाई भव्य रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । यस्तै प्राविधिक संघका अध्यक्ष मनोज केसीले हालको संविधान सभाको हलबाट सुरु भएको नेफ्टा अवार्डको आयोजना सोल्टी हुँदै मलेसियामा पुगेकोमा खुशी लागेको बताए ।
यो बर्ष नेफ्टा अवार्डमा ३१ विधामा अवार्ड वितरण गर्ने आयोजकले जनाएको छ । भरत शाक्य, विजयरत्न तुलाधार, जावेद शाह, प्रभावकरदेव श्रेष्ठ, सुनिल थापाको निणर्ायक टिमले ३१ विधामा पर्न सफल चलचित्रकर्मीको नाम तय गरेको हो । ४८ वटा सिनेमा हेरिसकेपछि निष्पक्ष रुपमा नोमिनेशन तयार पारिएको जुरीका संयोजक भरत शाक्यले बताए । नेफ्टा अवार्डमा नोमिनेशनमा पर्न सफल नोमिनिजहरुको नामावली यसप्रकार छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.