Widgets

Home » » नेपाली सिनेमामा भाइचुङ भूटियाको अभिनय, सिक्किममा जीवनले भेटे उमालाई

नेपाली सिनेमामा भाइचुङ भूटियाको अभिनय, सिक्किममा जीवनले भेटे उमालाई

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आर.बी.के शरदको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘शीशा’मा भारतिय फूटबल टिमका क्याप्टेन भाइचुङ भूटियाको पनि विशेष अभिनय रहेको छ । चलचित्रको सिक्किम छायांकन सकेर हालै मात्र काठमाण्डौ फर्किएका निर्देशक शरदले अनलाइनखबरसँग यो रहस्य खोलेका हुन् ।सिक्किममा जन्मिएका भाइचुङ नेपाली मुलका हुन् । उनले भारतको राष्ट्रिय टिमबाट लामो समयसम्म फूटबल खेलेका थिए । हाल उनी भारतको राष्ट्रिय फूटबल टिमको कप्तानको रुपमा रहेको निर्देशक शरदले बताए । जीवन लुइटेललाई मात्र पक्का गरेर सिक्किम हानिएका निर्देशक शरदले भूटियाले सिनेमामा काम गर्दा खुशी लागेको बताए । यस्तै नेपाली सिनेमामा काम गर्न पाउदा भाइचुङ पनि निक्कै खुशी भएको शरदले जानकारी दिए ।माधव ढुंगेलको निर्माणमा छायांकन भइरहेको यो चलचित्रमा भाइचुङ विशेष भूमिकामा देखिदैछन् । निर्देशक शरदले धेरै कुरा अहिले नै बताउन नमिल्ने भन्दै भने, ‘चलचित्रमा उहाँ सिक्किम पुगेको एउटा नेपाली टिमलाई विशेष सहयोग गर्ने पात्रको रुपमा हुनुहुन्छ ।’ चलचित्रमा भूटियालाई समाजसेवी पात्रको रुपमा चित्रित गरिएको छ । चलचित्रमा जीवन लुइटेल, उमा बेबी, रागिनी खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको ५० प्रतिशत छायांकन सकिएको र बाँकी छायांकन काठमाण्डौमा गरिने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger