Widgets

Home » » बाबुरामलाई फकाउने एमाओवादीका दुई योजना नारायणकाजी र पोष्टबहादुरलाई पदत्याग गराउने कसरत

बाबुरामलाई फकाउने एमाओवादीका दुई योजना नारायणकाजी र पोष्टबहादुरलाई पदत्याग गराउने कसरत

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२९ असार काठमाडौं । उपाध्यक्ष पद स्वेच्छिकरुपमा त्याग गरेका एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईलाई पार्टीको जिम्मेवार भूमिकामा फर्काउन एमाओवादीभित्र दुईवटा वैकल्पिक उपायमाथि गृहकार्य शुरु भएको छ । पहिलो विकल्प उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव पोष्टबहादुर बोगटीलाई पनि पदत्याग गराउने रहेको छ भने दोस्रो विकल्प बाबुरामलाई बरिष्ठ नेतामा नियुक्त गर्ने रहेको छ ।
narayankaji-n-bogatiपार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले पदत्याग गर्न सहमति जनाएको अवस्थामा कसैलाई पनि पदाधिकारीमा नराखी अध्यक्षमात्रै राखेर एकपदीय प्रणालीमा जाने पहिलो विकल्पमा प्रयास भइरहेको एक एमाओवादी नेताले अनलाइनखबरलाई बताए । ‘नारायणकाजी र बोगटी कामरेड सहमत हुनुभयो भने अध्यक्ष र केन्द्रीय सदस्यहरुमात्रै रहने व्यवस्था गरिनेछ जसले गर्दा बाबुरामजीलाई उपाध्यक्ष त्यागेको स्थितिमा पनि पार्टीमा क्रियाशील हुन बाटो खुल्छ ।’ एमाओवादी स्रोतले भन्यो-’यसका लागि श्रेष्ठ र बोगटीलाई मनाउने प्रयास शुरु भएको छ ।’
उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीले पद त्याग्न सहमति नजनाएको अवस्थामा डा. बाबुराम भट्टराईलाई बरिष्ठ नेता बनाउने दोस्रो विकल्प एमाओवादी शीर्ष नेताहरुले सुझाएका छन् । भक्तपुरको खन्ना गार्मेन्टमा साउन ४ गते बस्ने विस्तारित बैठक अगावै आइतबार बस्ने पदाधिकारी बैठकले बाबुरामको त्यागपत्र सम्बन्धी विषयलाई टुंग्याउने दाबी नेताहरुको छ ।
यसअघि विभिन्न चारवटा विकल्प अघि सारिएका थिए, जसमा अध्यक्षको एकल नेतृत्व रहने, हेटौडा महाधिवेशन अनुसारकै कमिटी रहने, प्रचण्डले अघि सारेको संगठन विस्तारलाई परिमार्जनसहित पारित गर्ने वा संगठनात्मक महाधिवेशनमा जाने विकल्पहरु यसअघि प्रस्तुत गरिएका थिए । ‘बाबुरामजीलाई कुन विकल्प अपनाउँदा सहज हुन्छ, सोही उपाय सुझाउने गरी प्रचण्ड र उहाँ दुईजना बसेर यो विषय टुंगो लगाउनुहुने छ र त्यसैअनुरुप बैठकमा प्रस्ताव आउने छ ।’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
एकीृकत नेकपा माओवादीमा जनयुद्धकालसम्म पदाधिकारीको व्यवस्था थिएन । शुरुमा एकजना महासचिव र अन्य केन्द्रीय सदस्य रहने संरचना रहेकोमा जनयुद्धकालमै अध्यक्षात्मक प्रणाली अपनाइएको थियो । नारायणकाजी श्रेष्ठसँग पार्टी एकतासँगै नेताहरुलाई पदीय जिम्मेवारी बाँडफँड गरी बहुपद सिर्जना गरिउको थियो । वैद्यपक्ष विभाजन हुनुपूर्व मोहन वैद्य बाबुरामभन्दा माथि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने सचिवमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी हुनहुन्थ्यो । त्यसबेला महासचिव रहेका रामबहादुर थापा बादल पनि यतिबेला एमाओवादीबाट बाहिरिइसक्नुभएको छ ।
एकल नेतृत्व भए प्रचण्ड शक्तिशाली हुने
नेताहरु धेरै भएपछि बहुपदीय प्रणालीमा गएको एमाओवादी पुन अध्यक्षको एकल नेतृत्वमा फर्कियो भने अध्यक्ष प्रचण्ड पार्टीमा शक्तिशाली हुने धेरैले अनुमान गरेका छन् । यसका लागि नारायणकाजी श्रेष्ठलाई उपाध्यक्ष छोडाउन केही नेताहरुले घरैमा गएर भेटेको तर, श्रेष्ठ यसमा सकारात्मक नरहेको बुझिएको छ ।
केन्द्रीय समिति जम्बो नहुने
केन्द्रीय समिति विस्तारमा चर्को विवाद भएपछि यसलाई मिलाउन महाधिवेशनको म्यान्डेटमा टेक्ने नेताहरुवीच आन्तरिक सहमति भएको बुझिएको छ । २ सय ४० सदस्यीय महाधिवेशन आयोजक समितिलाई नै केन्द्रीय समिति मान्ने र त्यसमा पछि थपिएका रामचन्द्र झा, उर्मिला अर्याल, लक्की शेर्पा, कृष्णध्वज खड्का, रेखा शर्मा, कुमार पौडेल र नन्दन दत्तलगायतलाई समेटेर पूर्णता दिइने स्रोतले अनलाइनखबरलाई बतायो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger