भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण १२ - ६ दिनअघि निरीक्षकबाट नायब उपरीक्षक -डीएसपी) बढुवा भएका नेपाल प्रहरीका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलंकीमा ३५ हजार घूस लिँदालिँदै डीएसपी तेजेन्द्र पौडेललाई पक्रेको हो । अख्तियार प्रवक्ता श्रीधर सापकोटाका अनुसार कबाडी सामानका व्यापारीबाट घूस लिँदालिँदै उनलाई समातिएको हो । कबाडी सामान काठमाडौंबाट उपत्यका बाहिर लैजाने क्रममा पौडेलले घूस मागेका थिए । सोही क्रममा व्यापारीले अख्तियारलाई खबर गरेका थिए । पौडेल प्रहरी पोसाकमै बाहिरबाट ज्याकेट लगाएर पैसा लिन पुगेका थिए । रंगेहात समातिएका उनलाई अख्तियारको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी प्रभाग थानकोटमा ३ महिनादेखि कार्यरत उनको ४ साउनमा बढुवापछि भरतपुर तालिमकेन्द्रमा पदस्थापन भएको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.