भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक ऋतिक रोशनको ब्रेनको सर्जरी गरिएको छ । ऋतिकको इन्डोस्कोपी ब्रेन सर्जरी मुम्बइको हिन्दुजा अस्पतालमा गरिएको हो । उनको दिमागमा केही समस्या भएको बताइएको छ । सर्जरी गर्ने फैसला उनले एकसाता अघि नै लिएका थिए । यसैले पनि ऋतिक एकसाता सम्म परिवारसँग नै थिए ।
सर्जरीका लागि जानु अघि ऋतिकले फेसबुकमा लेखेका थिए, ‘हामी सबैलाई थाहा छ कि, दिमागको कारणले गर्दा हामीले निक्कै खुशीको जिन्दगी पाएका छौ । मैले आफ्नो दिमागको कारणले गर्दा धेरै नै कुरा हाशिल गरेको छु । सबैलाई ब्रेनको महत्व थाहा नै होला ।’ म ब्रेनको सर्जरी गर्न जाँदै छु, र आशा छ तपाइहरुको माया र प्रार्थनाले मलाई ठिक हुनेछ ।’
यता ऋतिकका पिता राकेश रोशनले भने सर्जरी सामान्य खालको भएको बताएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.