भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रुकुम- प्रत्येक आर्थिक वर्षको वरपर खराबी हुँदै आएको रुकुमको विद्युत सेवा तीन दिनदेखि बन्द भएको छ। विद्युत आपूर्ति बन्द हुँदा उपभोक्ताहरु विद्युत सेवाबाट वञ्चित हुँदै आएका छन्। कलकारखाना, उद्योगधन्दा कार्यालयहरुको कामकाज प्रभावित बन्दै आएको छ। पश्चिम रुकुमको वाँफीकोट गाविसस्थित जल विद्युत उत्पादन गृहको उत्पादन मेसिनमा खराबी भएको भन्दै बन्द गरिएको हो। आपूर्ति बन्द भएपछि रुकुम सदरमुकामसहित छिवांग, बाँफीकोट, पिपल, पोखरा, रुकुमकोट, स्यालापाखालगायत ७ गाविसका उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन्। खराबी भएको मेसिन मर्मत गर्न अझै एक महिना लाग्ने रुकुमेली ऊर्जा विकास समितिले जनाएको छ। स्थानीय उपभोक्ताबाट सञ्चालित यस विद्युत सेवा प्रत्येक असार मसान्तमा विग्रने गर्छ। जतिबेलामा पनि विग्रने भएपछि विद्युत कार्यालयले नियोजितरुपमा विगार्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ। मर्मत भन्दै मोटो रकमको कमिसन प्राप्त हुने भएपछि विद्युतको खराबी गर्ने गरिएको उपभोक्ताको आरोप छ। तर विद्युत कार्यालयले भने नियोजित नभएर पुरानो मेसिन भएकाले मर्मत गर्दै काम चलाउनुपरेको जनाउँदै आएको छ। पुरानो भएर खराबी हुने भएकाले विग्रेको मेसिन नेपालगञ्ज लगिने तयारी भएको विद्युत कार्यालयका केन्द्र प्रमुख रामबहादुर केसीले बताए। विद्युत सेवा नहुँदा रुकुममा सञ्चालित २ वटा एफएम रेडियोहरु सिस्ने र उत्तरगंगा एफएमले प्रसारण बन्द गरेका छन्। विद्युत नआउँदा जिल्ला अस्पतालका बिरामी बढी मारमा परेका छन। उनीहरुलाई अक्सिजन दिन समस्या हुने गरको अस्पतालले जनाएको छ। अस्पतालमा एक्सरे तथा ल्याब परीक्षण नहुँदा विरामीको उपचारमा कठिनाइ भइरहेको छ। दुई सय किलोवाट क्षमता भएको यस विद्युत वर्षेनि बिग्रिँदै आएको छ। कहिले नहरमा पहिरो, मेसिन जल्यो भन्दै बन्द अवरोध हुने गर्छ। कहिले मेसिन विग्रने, कहिले पोल ढल्ने र कहिले पहिरोले गर्दा सेवामा अवरोध हुँदै आएको हो। टेलिफोनमा लोडसेडिङ विद्युत सेवा सञ्चालन नहुँदा ३ दिनदेखि रुकुम अँध्यारो त छँदै छ। फोनमा समेत लोडसेडिङ हुने गरेको छ। नमस्ते मोबाइल फोनमा समेत लोडसेडिङ हुँदै आएको छ। विद्युत आपूर्ति बन्द भएपछि कार्यालय समयबाहेक अन्य समय मोवाइल फोनमा लोडसेडिङ हुँदै आएको हो। बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्र नेपाल टेलिकमको नमस्ते मोवाइलको सेवा सञ्चालन हुने गरेको हो। स्काई मोबाइल भने सोलार पावरबाटै सञ्चालन हुने गरेको छ। नमस्ते मोबाइलको लागि सोलार पावरले काम धान्न नसक्दा लोडसेडिङ गर्नु परेको टेलिकमले जनाएको छ। बिहान १० देखि साँझ ५ बजे चल्ने नमस्ते मोबाइलले समेत काम नगर्ने उपभोक्ताको गुनासो छ। नेपाल टेलिकमले करिब २ सय २५ ल्यान्डलाइन, ११ हजार नमस्ते मोवाइल, र ३ हजार स्काई मोवाइल वितरण गरेको छ। यति नै संख्यामा बाहिरी जिल्लाबाट वितरण गरिएका मोवाइल पनि सञ्चालनमा आएका छन्। दैनिकरुपमा टेलिफोन जाँदा सेवा ग्राहीहरु मर्कामा पर्दैआएका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.