भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, असार २३ - मुस्ताङ गुम्बामा विश्व शान्ति पुजा हुने भएको छ । शाक्यमुनी बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक धार्मिक प्रवचन दिएको दिनको पून्य तीथि 'डुग्बा छेशी' को अवसर पारी असार २७ र २८ गते गते स्वयम्भूस्थित मुस्ताङ गुम्बामा विश्व शान्ति पुजा हुने भएको हो । विश्व शान्ति पुजामा दिर्घायु अभिषेक, जिवनोपयोगी प्रवचन र धर्म संम्बाद कार्यक्रम हुने बुद्ध शिक्षा ध्यान केन्द्रले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरी विश्व शान्ति पुजामा भारतको अरुणाञ्चल प्रदेश बस्नुहुने १३ औं अवतारी धर्मगुरु छोना गोन्छे रिन्पोछेबाट महत्त्वपूर्ण धर्म, देशना, दिर्घायु अभिशेष (छेवाङ) तथा मृतकको नाममा ङोवा गर्ने कार्यक्रम रहेको छ । धर्मगुरु आचार्य श्री सोनम ग्यूमें तामाङबाट समसामयिक संस्कार संस्कृति, राजनीतिक तथा धार्मिक क्षेत्रमा सुधार आउने र जाति, लिङ्ग, धर्म तथा दर्शनको बारेमा महत्त्वपूर्ण प्रवचन दिने कार्यक्रम छ । पत्रकार सम्मेलनमा धर्मगुरु आचार्यले बुद्ध धर्मको प्रचार-प्रसारमा नेपालीहरुको सक्रियता र योगदानको खाँचो रहेको बताए । 'विदेशी विश्वविद्यालयहरुमा बुद्ध र बुद्धत्वको बारेमा प्रचार प्रसार भइराखे पनि नेपालमा यस विषयमा चासो र सरोकारको विषय कमै हुने गरेको छ,' धर्मगुरु आचार्य तामाङले भने । दुईदिन सम्म चल्ने विश्व शान्ति पुजामा उपस्थित भइदिन सञ्चारकर्मी, आस्थावान भक्तजन, दाता, समाजसेवी, विद्यार्थी, शिक्षक-शिक्षिका तथा सम्पूर्ण क्षेत्रमा कार्यरत धर्म तथा शान्तिप्रेमी आम दाजुभाइ तथा दिदिबहिनीहरुमा बुद्ध शिक्षा ध्यान केन्द्रले अनुरोध गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.