Widgets

Home » » एउटै जिल्लाबाट हराए ४० हजार मतदाता

एउटै जिल्लाबाट हराए ४० हजार मतदाता

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२३ असार, तेहथ्रुम । अघिल्लो संविधानसभामा ९० हजार मतदाता रहेको जिल्लामा ६ वर्षपछि हुन लागेको चुनावमा मतदाता संख्या बढ्नुपर्नेमा झण्डै ४० हजार मतदाता घटेको पाइएको छ । जनसंख्या वृद्धिसँगै मतदाता बढ्नुपर्नेमा ०६४ सालको चुनावमा ९० हजार ९ सय ३५ मतदाता रहेको तेह्रथुम जिल्लामा यसपालि ५२ हजार ५ सयको मात्रै मतदाता नामावलीमा नाम संकलन भएको छ ।manglung
केही मतदाता नामावली अझै संकलन गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तर, नामावली संकलन कार्य अधिकांश सकिइसकेको अवस्थामा यसपालिको चुनावमा गत निर्वाचनमा भन्दा कम मतदाता देखिने स्रोतको विश्लेषण छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुमको यो स्थितिले पहाडी जिल्लामा विगतकोभन्दा मतदाता संख्या घटेको संकेत गरेको छ । विश्लेषकहरुका अनुसार पहाडी जिल्लामा मतदाता संख्या घट्नुका दुई कारण छन्, एक बसाइँ सराइ र दोस्रो वैदेशिक रोजगारीका बढ्दो विदेश पलायन ।
कुल १ लाख ५१ हजार जनसंख्या मध्ये तेह्रथुममा वालिगहरुको संख्या ६४ हजार छ । त्यसमध्ये अहिलेसम्म ५२ हजार ५ सयको मतदाता नामावली संकलन भएको छ । अघिल्लो संविधानसभामा मतदाता सूचीमा नाम समावेश भएका ९० हजार ९ सय ३५ मध्येबाट ५१ हजार २४ जनाले मतदान गरेका थिए । एउटा मात्रै चुनावी क्षेत्र भएको तेह्रथुममा अघिल्लो संविधानसभामा नेपाली काँग्रेसका तुलसी सुब्बाले १९ हजार ७ सय मत पाएर जित्नुभएको थियो । दोस्रो स्थान हासिल गरेको एमालेले १६ हजार मत पाएको थियो भने एमाओवादीले ११ हजार मत ल्याएर तेह्रथुममा तेस्रो स्थान हासिल गरेको थियो ।
जिल्लामा अझै लागेन चुनाब
दोस्रो संविधानसभाको मिति तोकिएको दुई साता वित्दापनि राजनीतिक दलहरु सक्रिय नबन्दा तेह्रथुमवासीले मंसीर ४ मा चुनाव हुने कुरा पत्याएका छैनन् । राजनीतिक दलहरुले चुनावलाई लक्षित गरेर जिल्लामा अहिलेसम्म कुनै कार्यक्रम सुरु गरेका छैनन् । तेह्रथुममा रहेका १३ दलमध्ये अधिकांश दल जिल्ला निर्वाचन कार्यालयमा समेत गएका छैनन् । जिल्ला निर्वाचन अधिकारी डम्मरुबल्लभ बराल भन्नुहुन्छ- ‘पटक-पटक फोन गरेर र भेटेर पनि मतदाता नामावली लैजानुस्, कोही छुटेका छन् भने खबर गर्नुस् भन्दा पनि दलहरु उदासीन देखिएका छन् ।’ राजनीतिक दलहरुका जिल्ला कार्यालयहरुमा पनि चुनावको कुनै रौनक देखिँदैन । अधिकांश दलका कार्यालयमा नेता कार्यकर्ता भेटिँदैनन् ।
एमालेका जिल्ला सचिव विष्णुविक्रम तुम्बाहाङ्फे भर्खरै पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगतको एक महिने अभियान सकिएकाले अहिले गाउँ नगएको बताउनुहुन्छ । उहाँले यतिबेला खेतिपातीको सिजन भएकाले पनि गाउँमा चुनावी माहौल नदेखिएको बताउनुभयो । अघिल्लो संविधानसभामा जिल्लाबाट चुनाव जितेको नेपाली काँग्रेसको पनि यसपटक चहल-पहल देखिँदैन । आन्तरिकरुपमा चुनाबको तयारी भइरहेको र यसअघि गाउँमा कांग्रेसले अभियानसमेत सञ्चालन गरिसकेको जिल्ला सचिव अर्जुन तुम्बाहाङ्फे बताउनुहुन्छ । एमाओवादीका कार्यालय सचिव राजेन्द्र बराल मंसीर ४ मै चुनाव हुने दाबी गर्नुहुन्छ । उहाँले पार्टीको आन्तरिक सुदृढीकरण कार्यक्रम भइरहेको र केन्द्रबाट घोषणापत्र आएपछि चुनावी प्रचारमा जाने बताउनुभयो ।
वैद्य समूहको ३३ दलमा मोर्चावद्ध भएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका जिल्ला अध्यक्ष देवनारायण सम्बाहाङ्फे भने मंसीर ४ मा कुनै हालतमा चुनाव नहुने दाबी गर्दै सरकारले जबरजस्ती गर्न खोजे चुनाब बिथोलिने बताउनुहुन्छ । त्यस्तै चुनावको विरोधमा रहेको नेकपा-माओवादीका जिल्ला इञ्चार्ज पनि रेग्मी सरकारबाट चुनाव हुनै नसक्ने दाबी गर्नुहुन्छ । उहाँले आफ्नो पार्टी कुनै पनि बहानामा यो चुनावमा गए आफुहरु पार्टीमा नरहने बताउनुभयो ।
अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष कपिलदेव लिम्बु अहिलेसम्म चुनावको माहोलै तयार नभएकाले मंसिर ४ मा चुनाव हुने सम्भावना नदेखेको बताउनुहुन्छ । कुल ३८ प्रतिशत लिम्बु जाति रहेको तेह्रथुममा यसपटक जातीय तथा पहिचानको मुद्दाले पनि प्रमुख दलहरुलाई असर पार्ने सम्भावना देखिएको छ । दोस्रो स्थानमा रहेको एमालेमा विभाजन आई केही केना कार्यकर्ता अशोक राईको संघीय समाजवादीतिर लागेका छन् भने तेस्रो स्थानमा रहेको एमाओवादीमा पनि विभाजन आएको छ । त्यसो त पहिलो स्थानमा रहेको कांग्रेसलाई पनि यसपालि जातीय नाराले प्रभाव पार्ने विश्लेषण जिल्लाबासीहरुको छ ।
नेताहरुले जस्तै जिल्लाका सर्वसाधारण पनि मंसीर ४ मा हुनेमा विश्वस्त छैनन् । प्रमुख जिल्ला अधिकारी किशोर चौधरी भने चुनावका लागि जिल्लामा दह्रो सुरक्षा योजना बनाइसकेकाले सरकारले चुनाव गराए जिल्लामा समस्या नभएको बताउनुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2013/07/90826/#sthash.HQDpCGBf.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger