Widgets

Home » » चरीलाई छुटाउन एमालेद्वारा धादिङ बन्द

चरीलाई छुटाउन एमालेद्वारा धादिङ बन्द

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं/धादिङ - आपराधिक पृष्ठभूमिका चरी भनिने दिनेश अधिकारीलाई प्रहरीले पक्रेपछि नेकपा एमालेका नेता कार्यकर्ताले धादिङ बन्द गरेका छन्। नेता कार्यकर्ताको आन्दोलनका कारण पृथ्वी राजमार्ग ठप्प पारेका थिए। एमाले जिल्लास्तरीय नेताहरु बैरेनी गल्छीमा भाषण गरिरहँदा स्थानीयले बन्द घोषणाविरुद्ध उत्रेपछि यातायात सुचारु भएको छ। एमाले नेताहरुको दबाबमा पटकपटक प्रहरी अनुसन्धानबाट जोगिँदै आएका दिनेश अधिकारी चरीलाई बचाउन पुनः एमाले नेताहरु प्रहरीलाई दबाब दिन सक्रिय छन्। हतियार र हत्या प्रयास आरोपको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले चरीलाई शनिबार नियन्त्रणमा लिएपछि उनलाई कारबाही नगर्न दबाब दिन एमालेका केन्द्रीय तहका नेतासहितको समूहले प्रहरीलाई दबाब दिएको हो। शनिबार बेलुका एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत लगायतकाले चरीलाई कारबाहीबाट मुक्त गराउन प्रहरीलाई दबाब दिएका थिए। प्रहरीलाई दबाब दिन शनिबार बेलुका महानगरीय प्रहरी परिसर काठमाडौंको गेटमा धर्ना दिए पनि प्रहरीले रिहा गर्न नसक्ने बताएपछि उनीहरुले 'घाउ आलै रहेकाले अस्पताल पठाऊ' भन्दै चरीलाई वीर अस्पताल लगे। पाखुरामा गोली लागेका उनी घाउको उपचार सकाएर शिक्षण अस्पतालबाट केही दिन अगाडिमात्र डिस्चार्ज भएका थिए। उनलाई हतियार र अंगभंगको अभियोगमा अनुसन्धानका लागि शनिबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्रेको थियो। उनकै समूहका पूर्व सदस्य राधाकृष्ण भण्डारीले उनीसँग बरामद हतियार चरीको भएको बयान दिएका थिए भने राजेन्द्र तामाङले गाडीले हानेर अंगभंग गराएको जाहेरी दिएका थिए। एसएसपी सुबोध घिमिरेका अनुसार सोही आरोपको अनुसन्धानका लागि चरीलाई पक्राउ गरिएको हो। तर, चरीमाथि राजनीतिक षड्यन्त्र गर्दै पक्राउ गरिएको दाबी गर्दै एमालेका केन्द्रीय तहका नेतासहितको टोलीले चरीलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रने धम्की दिए पनि प्रहरी नगलेपछि 'हातको घाउ आलै छ, हिरासत कक्षमा राख्दा रोग सर्ला' भनेका थिए। त्यसपछि प्रहरीले सुरक्षासहित अस्पताल लैजान अनुमति दिएको थियो। असार २१ गते बेलुका धादिङबाट काठमाडौं फर्केका चरीलाई सतुंगलमा राधाकृष्ण भण्डारी (राधे)को समूहले गोली हानेको थियो। चरी समूहकै पूर्व सदस्य राधे पक्राउ परेपछि उनले बयानमा चरी समूहले आफ्नो भाइको हात काटिदिएपछि बदला लिन गोली हानेको स्वीकार गरे पनि सो हतियार भने आफ्नो नभई चरीकै भएको बयान दिएका थिए। प्रहरीस्रोतका अनुसार चरी समूहमा काम गर्दा उनैले हतियार राख्न दिएको र आफूले सो समूह छाडेपछि हतियार भने आफैंसँग राखेको राधेको बयानका आधारमा हतियारबारे जानकारी लिन प्रहरीले चरीलाई नियन्त्रणमा लिएको थियो। सोही घटनामा चरीले चलाएको गाडीले किच्दा तामाङको खुट्टा भाँचिएको थियो। 'हतियारमा उनको नाम आएपछि प्रहरीले अनुसन्धान नगरी छाड्न सक्दैन,' घिमिरेले नागरिकसँग भने, 'त्यसैको अनुसन्धानका लागि ल्याएका हौं, अनुसन्धान सकाएर प्रक्रियाअनुसार सम्बन्धित स्थानमा बुझाउँछौं।' प्रहरीको सूचीमा 'संगठित अपराधमा सक्रिय' भए पनि धादिङ क्षेत्र नम्बर–१ का उपाध्यक्ष रहेका चरी आपराधिक गतिविधिमा सक्रिय रहेको अभियोगमा पक्राउ पर्दा एमालेले सधैं दबाब दिँदै आएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger