Widgets

Home » » बेलवारी घटनालाई तोडमोड गर्न खोजियो : दलित आयोग

बेलवारी घटनालाई तोडमोड गर्न खोजियो : दलित आयोग

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं– राष्ट्रिय दलित आयोगले दलित महिलालाई गरिएको अमावनीय ब्यवहारको घटनालाई तोडमोड गरेर पीडिकलाई उन्मुक्ति दिन लागिएको आरोप लगाउँदै आपत्ति जनाएको छ। आयोगले आइतवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै घटनालाई फरक ढंगले मोड्ने र पीडकलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको बताएको हो। आयोग अध्यक्ष सुशिला सिरपानी ठकुरीले घटनालाई यस्तै अवस्था रहे पीडितले न्याय पाउने नसक्ने बताइन्। उनले प्रशासनले घटनालाई छुवाछुत कसुर ऐन अनुसार मुद्दा चलाउन आनाकानी गरिरहेको भन्दै पीडितले न्याय नपाउने अवस्था सिर्जना गरिए त्यसको प्रतिरोध गर्ने चेतावनी दिइन्। घटनालाई मोड्ने प्रयास भएपछि आयोगले सदस्यहरु खेमबहादुर नेपाली र अनिता परियारलाई स्थलगत अध्ययन गर्न खाटाएका थियो। महिला आयोग, मानवअधिकार आयोगसँग मिलेर अहलिे न्याय दिलाउने अभियान सुरु गरिएको जानकारी उनले दिइन् । आयोगका सदस्य सचिव भुवन सुनारले दोष्ीालाई बचाउने काम तत्काल छाडेर कारवाही थाल्नु पर्ने, पीडितलाई पुर्नस्थापना र क्षतिपूर्ति दिनुपर्ने भन्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger