Widgets

Home » » राजदुतसँग कोइरालाले भने- 'माओवादीलाई फकाइदिनुस्'

राजदुतसँग कोइरालाले भने- 'माओवादीलाई फकाइदिनुस्'

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 Sushil Koirala

काठमाडौ, श्रावण २ - कांग्रेस सभापति सुशील कोइरालाले मंसिर ४ मा चुनाव नभए मुलुक गम्भीर दुर्घटनामा फस्ने भन्दै निर्वाचनसँग असहमत नेकपा-माओवादीलाई 'फकाइदिन' चिनियाँ राजदूतलाई आग्रह गरेका छन् । महाराजगन्जस्थित निवासमा मंगलबार भेट्न गएका चिनियाँ राजदूत उ चुन्ताईसँग कोइरालाले त्यस्तो आग्रह गरेका हुन् । माओवादी सहभागी नभए निर्वाचन गराउन समस्या पर्ने र निर्वाचन भए पनि संविधान निर्माण प्रक्रिया अघि बढाउन अप्ठ्यारो हुने भन्दै कोइरालाले राजदूतसँग उसलाई निर्वाचनमा सहभागी गराइदिन विशेष आग्रह गरेका हुन् । राजदूतसँग छलफल गरेलगत्तैको भेटमा आदिवासी जनजाति महासंघको प्रतिनिधिमण्डलसँग कोइरालाले चुन्ताईलाई त्यस किसिमको आग्रह गरेको जनाए । महासंघका अध्यक्ष नगेन्द्र कुमालका अनुसार सभापति कोइरालाले चिनियाँ राजदूतसँगको भेटको प्रसंग सुनाउँदै माओवादीलाई पनि निर्वाचन प्रक्रियामा ल्याई सहयोग गरिदिन आग्रह गरेको बताएका थिए । 'निर्वाचनको विकल्प छैन । मंसिर ४ मा निर्वाचन नभए देश गम्भीर संकटमा फस्छ । भारत, चीनलगायतका मुलुकले सबैलाई निर्वाचनमा जान सुझाव दिइरहेका छन्,' कोइरालाको भनाइ उद्धृत गर्दै कुमालले कान्तिपुरसँग भने, 'भर्खरै चिनियाँ राजदूतसँगको कुराकानीमा निर्वाचनमा सहभागी हुन मोहन वैद्य नेतृत्वको माओवादीलाई पनि आग्रह गरिदिन भनेको छु । वैद्यजीहरू आउनुभयो भने निर्वाचनको वातवरण बन्छ, नआए उहाँहरूलाई पनि घाटा छ ।' राजदूतसँगको करिब एक घन्टा लामो 'वान टु वान' कुराकानीमा कोइरालाले निर्वाचनमा केन्दि्रत भएर कांग्रेसले सबै दलहरूसँग छलफल चलाएको बताएको स्रोतले जनायो । हालै चीन भ्रमणबाट फर्केको माओवादी नेतृत्वले निर्वाचनविरोधी अभिव्यक्तिहरू दिइरहेको सन्दर्भमा कोइरालाको यस्तो आग्रह आएको हो । कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालका अनुसार कोइरालाले मंसिर ४ मा जसरी पनि निर्वाचन गर्न कांग्रेसलगायत दलले माओवादीसँग कुराकानी गरिरहेको राजदूतलाई जानकारी गराएका थिए । 'सभापतिले वैद्यजीलाई निर्वाचनमा सहमत गराउन हामी पनि छलफल गरिरहेका छौं । तपाइर्ंहरूलगायत सबै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग आवश्यक छ भन्ने धारणा राखेको जानकारी गराउनुभएको थियो,' ढकालले भने, 'राजदूतले पनि दोस्रो संविधानसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न होस् भन्ने चीनको चाहना रहेको र त्यसका लागि आवश्यक सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो ।' कोइरालाले आदिवासी जनजातिका पदाधिकारीलाई पनि निर्वाचनको वातावरण बनाउन विशेष आग्रह गरेका छन् । आफूहरूले उठाउँदै आएको माग सम्बोधन गरिदिन ज्ञापन बुझाउन गएका महासंघका पदाधिकारीसँग कोइरालाले निर्वाचन नभएसम्म राजनीति लिकमा नआउने बताएका थिए । महासंघको टोलीले संविधानसभामा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष सहभागिताको अनुपात मिलाउनुपर्नेमा जोड दिएको थियो । कोइरालाले उच्चस्तरीय राजनीतिक समितिमा छलफल गरी छिट्टै माग सम्बोधन गरिने बताएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger