Widgets

Home » » सर्वोच्चको आदेशमा सद्भावनाको विमति

सर्वोच्चको आदेशमा सद्भावनाको विमति

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 Mahato

काठमाडौ, श्रावण २ - सद्भावना पार्टीले नागरिकताबिना मतदाता परिचयपत्र रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशलाई संविधानसभा निर्वाचन स्वच्छ, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य र नेपालको अन्तरिम संविधानविपरीत गरिएको आरोप लगाएको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोले मंगलबार विज्ञप्ति जारी गर्दै अन्तरिम संविधान २०६३ को प्रावधानका रूपमा रहेको मतदाता नामावली ऐन २०६३ को दफा ११ मा नागरिकता प्रमाणपत्रबाहेकका अन्य आधारलाई समेत फोटोसहितको मतदाता परिचयपत्र विवरण संकलन कार्य प्रयोजनका लागि मान्य हुने स्पष्ट कानुनी व्यवस्था रहेको जनाएका छन् । सरकार र सद्भावना पार्टीबीच गत जेष्ठ १२ गते सम्पन्न सम्झौताविपरीत लाखौं नेपाली नागरिक राज्यको विभेदपूर्ण नीतिका कारण, नागरिकता प्रमाणपत्र प्राप्त गर्नबाट वञ्चित रहेको वर्तमान अवस्थामा अदालतको आदेशले मधेसी, दलित, आदिवासी जनजातिलगायत समुदायलाई राज्यको मूलधारबाट बहिष्कृत गर्ने कार्यलाई थप बल पुर्‍याएको उनले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger