Widgets

Home » » गरिबको संख्या ६३ लाख ३० हजार

गरिबको संख्या ६३ लाख ३० हजार

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

poverty

काठमाडौ, असार २९ - मुलुकमा अझै ६३ लाख ३० हजार ८ सय जना गरिबीको रेखामुनि छन् । उक्त तथ्यांक आर्थिक सर्वेक्षण २०६९/७० ले देखाएको छ । यो कुल जनसंख्याको २३ दशमलव ८ प्रतिशत हो । राष्ट्रिय जनगणनाका अनुसार कुल जनसंख्या २ करोड ६६ लाख छ । सर्वेक्षणका अनुसार समयमा पूर्ण बजेट आउन नसक्नु, पुँजीगत खर्च हुन नसकेकाले समेत लक्ष्यअनुसार गरिबी न्यूनीकरण नभएको हो । यस्तै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा सरकारी लगानीमा विभिन्न बाधा अड्चनले लगानी हुन नसकेको र निजी लगानी पनि यथेष्ट हुन नसकेकाले थप असर परेको हो । यसै वर्ष सकिने त्रिवषर्ीय योजनाले मुलुक गरिबीको दर २५ दशमलव २ प्रतिशतबाट घटाएर २१ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको थियो । तर प्रारम्भिक तथ्यांकअनुसार गरिबी न्यूनीकरण १ दशमलव ४ प्रतिशत बिन्दुले मात्र भएको छ । आर्थिक वर्ष २०६६/६७ मा गरिएको नेपाल जीवनस्तर मापन सर्वेक्षणले घरपरिवारको खर्चलाई आधार मानी गरिबीको रेखामुनि रहेका जनसंख्याको आकलन गरेको थियो । आम्दानीको आधारमा आर्थिक वर्ष २०६८/६९ मा २४ दशमलव ४ प्रतिशत नेपाली गरिब थिए । सर्वेक्षणका अनुसार मुलुकमा न्यूनतम आहारभन्दा कम खाना पाउने जनसंख्याको अनुपात ३६ दशमलव १ प्रतिशत थियो । सरकारको लक्ष्य २५ प्रतिशतमा झार्नु थियो । सर्वेक्षणले यसमा उल्लेख सुधार हुँदै यस वर्ष न्यूनतम खाना पाउने जनसंख्या १५ दशमलव ७ मा झरेको छ । यसैगरी गत वर्ष कक्षा १ मा भर्ना भई कक्षा ५ सम्म पुग्ने विद्यार्थीको अनुपात ७७ दशमलव ९ प्रतिशत थियो । आर्थिक वर्ष २०६९/७० मा ६ दशमलव ३ प्रतिशतले बढेर ८८ दशमलव ६ प्रतिशत पुगेको छ । एक वर्षमुनिका बालबालिकालाई दादुराविरुद्ध दिइएको खोप २ दशमलव १ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०६९/७० मा दादुराविरुद्ध खोप ८७ दशमलव ७ प्रतिशत पुगेको सर्वेक्षणले जनाएको छ । गरिबी न्यूनीकरण गर्न सरकारले '२०६९ फागुन' मसान्तसम्म ४९ जिल्लामा आय आर्जन, साना पूर्वाधार विकास र नवीनतम कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमबाट ६ लाख ४० हजार ५ सय २२ वटा लक्षित घरधुरी लाभान्वित भएको दाबी सरकारको छ । गरिबी निवारण कोषको माध्यमबाट सञ्चालित कार्यक्रमबाट कुल परिवारको २८ दशमलव ५ प्रतिशत दलित र २४ दशमलव ४ प्रतिशत जनजाति छन् । यी कार्यक्रमका लागी करिब १० अर्ब ६२ करोड ४ लाख रुपैयाँ अनुदान दिइएको थियो । यस्तै गरिबी न्यूनीकरण गर्न सरकारले २४ जिल्लाका न्यून आय भएका गरिब घरपरिवार पहिचान गर्न सुरु गरेको छ । पहिचानका लागि सरकारले २४ वटै जिल्लामा विवरण संकलनको काम गरिरहेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार गरिब घरपरिवार पहिचानको विवरण संकलन करिब अन्तिममा पुगिसकेको छ । संकलित विवरणको आधारमा सरकारले गरिब घरपरिवारलाई परिचयपत्र दिने छ । के आधारमा, कस्ताकस्ता परिवारलाई गरिबको परिचयपत्र दिने भन्नेबारे कार्यक्रमको समन्वय बोर्ड र सरकारले निर्णय गर्ने मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रम गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिका २०६९ जारी गरी सुरु गरेको हो । उक्त निर्देशिकाले एक समन्वय बोर्डको स्थापना गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिमाञ्चलको बझाङ, बाजुरा, अछाम, कैलाली, मध्यमपश्चिमाञ्चलको कालिकोट, मुगु, हुम्ला, जुम्ला, डोल्पा, रोल्पा, प्यूठान, रुकुम, जाजरकोट, बर्दियामा विवरण संकलन गरेको छ । विवरण संकलनका लागि मन्त्रालयले एक महिनाका लागि २ हजार ८ सय १० गणक नियुक्ति गरेको छ । उनीहरूलाई सुपरिवेक्षण र थप सहयोग गर्न ४ सय १४ जना सुपरिवेक्षक नियुक्त गरेको मन्न्त्रालयले जनाएको छ । २०६८ को जनगणना अनुसार आएको तथ्यांकको आधारमा आवश्यक संख्यामा गणक र सुपरिवेक्षक मन्त्रालयले नियुक्ति गरेको हो । उनीहरूले अहिले जिल्लास्थित गाविस र नगरपालिकाका स्थानीयहरूको घरमा घरदैलोमा पुगेर पारिवारिक विवरण संकलन गरिरहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger