Widgets

Home » » नवजात शिशुको हत्या गर्ने दम्पती पक्राउ

नवजात शिशुको हत्या गर्ने दम्पती पक्राउ

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं– १५ दिने नवजात शिशु मारेको अभियोगमा दुई जना पक्राउ परेका छन्। साङ्ला गाविसका राजकुमार श्रेष्ठ र भविना श्रेष्ठ १५ दिनअघि जन्मिएको बच्चा मारेको अभियोगमा पक्राउ परेका हुन्। प्रहरीका अनुसार राजकुमार र भविनाको तीन महिनाअघि विवाह भएको थियो। विवाह गर्दा भविना गर्भवती थिइन्। असार १५ गते भविनाले छोरा जन्माइन्। अर्कैको सन्तान भएकाले दुवैजना मिलेर बिहीबार शिशुको हत्या गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ। प्रहरीका अनुसार श्रेष्ठले शिशुलाई भूइँमा पछारेर हत्या गरेका थिए। प्रहरीले शुक्रबार घटनाबारे जानकारी पाएको थियो। साङ्ला गाविस–९ मा डेरा गरी बस्ने श्रेष्ठ दम्पतीको कोठामा शिशु मृत अवस्थामा भेटिएको सूचनाका आधारमा प्रहरी खटिएको थियो। घटनास्थल र शव शंकास्पद देखिएपछि प्रहरीले लास जाँच मुचुल्का गरी शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाई श्रेष्ठ दम्पतीलाई नियन्त्रणमा लिएको थियो। बालाजु वृत्तका प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार उनीहरुले गर्भमा अर्काको सन्तान भए पनि सहमतिमै विवाह गरेको तर पछि शिशुका बारेमा विवाद भएपछि हत्या गरेको बयान दिएका छन्। प्रहरीले दुवैजनालाई हिरासतमा राखेर कर्तव्य ज्यान अभियोगमा अनुसन्धान अगाडि बढाएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger