Widgets

Home » » माल्दिभ्सलाई जित्नैपर्ने

माल्दिभ्सलाई जित्नैपर्ने

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
माल्दिभ्सलाई जित्नैपर्ने
काठमाडौ - श्रीलंकासँग शनिबार पराजित भएपछि नेपाललाई प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपको फाइनल पुग्न माल्दिभ्सविरुद्ध जित आवश्यक बनेको छ। अफगानिस्तानलाई हराएर सुखद सुरुआत गरेको नेपाल शनिबार श्रीलंकासँग सोझो सेटमै पराजित भयो। नेपाल र माल्दिभ्सलाई हराएको श्रीलंका फाइनल पुगेको छ। माल्दिभ्सले अफगानिस्तानलाई २५–१२, २६–२४, २२–२५, २५–१९ ले हराएर फाइनल पुग्ने आशा कायम राखेको छ। दक्षिण एसियामा भारत र पाकिस्तानजस्तै बलियो टोली प्रस्तुत श्रीलंकालाई घरेलु कोर्टमा नेपालले २५–१७, २५–१६, २५–१६ ले खेल सुम्पियो। नेपालले श्रीलंकासँग शनिबार ९ वर्षपछि खेलेको हो। सन् २००४ मा पाकिस्तानमा खेलेयता श्रीलंकासँग खेलेको छैन। श्रीलंकाली टोलीसँग आयोजक सबै खेलाडीका लागि पहिलो अनुभव थियो। अनुभवको कमीका कारण नेपालले पहिलो सेट सहजै गुमायो। दोस्रो सेटमा भने टोलीले घरेलु समर्थकलाई केहीबेर उत्साही बनाउने प्रयास गर्‍यो। सुरुआतमा ५ अंकको अग्रताले राखेप कभर्ड हलमा खुसी छायो। त्यति बेला नेपाल १०–५ ले अगाडि थियो। क्विक स्पाइकर सञ्जय अर्याल र कुलबहादुर थापाले लगातार १–१ अंक लिएपछि नेपालले १२–६ ले अग्रता लियो। ६ अंकको अग्रता बनाउन नेपालले खेलमा फर्कने संकेत दिएको थियो। त्यो सुखद सुरुआत क्षणभरमै निराशामा परिणत भयो। नेपालले लगातार अंक गुमायो। कुलबहादुर, सेटर इम रानामगर, साइड स्पाइकर सुनील श्रेष्ठ र सन्जयले अंक लिन नसक्दा श्रीलंकाली हाबी हुन पुग्यो। नेपाली खेलाडीलाई विपक्षाी कप्तान ससिर दासानायकेको सर्भिस रिसिभ गर्नसमेत अप्ठेरो भइरहेको थियो। नेपाली टोलीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले श्रीलंकासँग प्रतिस्पर्धा नेपाली खेलाडीलाई अनुभव बटुल्ने अवसर भएको बताए। उनले भने, ‘अनुभव, जम्प र फिटनेसमा हामी श्रीलंकाभन्दा पछाडि छौं। श्रींलकाविरुद्ध हामीले क्षमताअनुसार खेलेका छौं। यसमा निराश छैनौं। समग्र प्रदर्शनबाट सन्तुष्ट छौं।’ प्रशिक्षक श्रेष्ठले थपे, 'श्रीलंकासँग हाम्रा सबै खेलाडीले पहिलोचोटि खेलेका हुन्, त्यसले गर्दा पनि एकैनासको प्रदर्शन भएन।' कप्तान कैलाशदत्त भट्टले पनि अनुभवको कमीले हार्नुपरेको बताए। उनले श्रीलंकासँगको कमजोरीलाई माल्दिभ्सविरुद्ध सुधार्दै फाइनल खेल्ने विश्वास दिलाए। स्पाइक पनि बिग्रिँदै गएपछि प्रशिक्षक श्रेष्ठले कप्तान कैलाशको स्थानमा मिलन मल्ललाई कोर्टमा पठाए। ओपन स्पाइकर मिलनको डेब्यु थियो। तेस्रो सेटमा कप्तान कैलाश बेन्चमा रहे। श्रीलंकाली प्रशिक्षक एमएसके विन्डाकोनले विगत तुलनामा नेपाली टोली राम्रो भएको बताए। ‘हामीले दक्षिण एसियाका भारत र पाकिस्तानलाई जित्ने प्रयास गरिरहेका छौं। नेपाल र माल्दिभ्सले हामीलाई जित्ने प्रयास गरिरहेको अवस्था छ। यो सुखद पक्ष हो।’ नेपाली सेटर इम रानाको प्रशंसासमेत गर्दै उनले भने, ‘सर्भिस रिसिभमा अप्ठेरो पार्ने र ब्लकिङ रहेको कमजोरीको फाइदा हामीले लियौं।’ प्रशिक्षक विन्डाकोनले दक्षिण एसियाली राष्ट्रका लागि यो प्रतियोगिता एकदमै आवश्यक रहेको बताए। उनले नेपालले सुरुआत गरेको धन्यवाद दिँदै दोस्रो संस्करण श्रीलंकामा गर्न प्रयास गरिरहेको बताए। उनले नेपालले खेल्ने शैलीलाई मनपराए। 'नेपालको खेल्ने शैली मंगोलियनजस्तै छ। छिटो खेल्ने गर्छ, उचाइ नभए पनि नेपाली खेलाडी फूर्तिला छन्, यसले उनीहरूको खेल सुन्दर देखिन्छ। तर अनुभवको कमी छ।’ आइतबारका खेल श्रींलकाविरुद्ध अफगानिस्तान : ३ बजे नेपालविरुद्ध माल्दिभ्स : ५ बजे

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger