Widgets

Home » » विजुलीबाट चल्ने एक पांग्रे स्कुटर (फोटोफिचर र भिडियो सहित)

विजुलीबाट चल्ने एक पांग्रे स्कुटर (फोटोफिचर र भिडियो सहित)

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक पांग्रे स्कुटर अझ त्यो पनि बिजुलीबाट चल्ने । गति पनि कम होइन, २५ माइल प्रति घण्टा । साइज सानो भएकाले साँघुरो ठाउँमा पनि पार्किङ गर्न सकिने । एउटा मात्र पांग्रो भएपछि कसरी सन्तुलित भएर गुड्ला ? कतै लडिने पो हो की ? यो चिन्ता हुनसक्छ । तर चिन्ता मान्नु पर्दैन यसमा सेल्फ ब्यालेन्सिङ टेक्नोलोजी अर्थात् स्व सन्तुलित प्रविधि प्रयोग गरिएको हुनाले यो स्कुटर चढ्ने मान्छे लड्न पाउँदैन ।
EV 1
सुविधा र आश्चर्य दुबै मिसिएको यस्तो एक पंाग्रे स्कुटर निर्माण भएको छ । अमेरिकाको ओरेगनस्थित पोर्टल्याण्डमा रहेको राइनो मोटर्स कम्पनीले यो स्कुटर निर्माण गरेको हो । ट्राफिक जामको झञ्झटबाट मुक्ति तथा महंगो पार्किङ शुल्कबाट मानिसहरुलाई छुटकारा दिलाउने उद्देश्यले राइनो नामको यो एकपांग्रे विद्युतीय स्कुटरको निर्माण गरिएको कम्पनीको भनाई छ ।
५७ केजी तौलको यो स्कुटरमा केही भिरालो बाटोमा समेत गुडाउन सकिने बताइएको छ । यो स्कुटरको गति बढाउँदा यसको चालक केही अघि तन्किनुपर्छ भने गति घटाउँदा पछाडि तन्किनुपर्छ । तर यदि चालक तन्किँदा स्कुटर अघि, पछि वा दायाँ बायाँ बढि ढल्किन थाल्यो भने यो स्कुटरमा भएको प्रविधिले यसलाई आफै सन्तुलनमा ल्याउँछ ।
ev 2
यो एक पांग्रे स्कुटर डिजाइनको कथा पनि रमाइलो छ । राइनो कम्पनीका सिइओ क्रिस हफम्यानकी सानी छोरीलाई यसको श्रेय जान्छ । आफुले खेलहरुमा एक पांग्रे बाइक देखेको भन्दै ती छोरीले बुवा हफम्यानलाई आफ्नो लागि एक पंाग्रे बाइक ल्याइदिन भनेछिन् । छोरीको उक्त आग्रहलाई मूर्त रुप दिन उनले आफ्नो कम्पनीमार्फत उक्त एक पांग्रे स्कुटरको निर्माण सुरु गरेका हुन् ।
कम्पनीका सिइओ हफम्यानका अनुसार कार तथा बाइक पुग्न नसक्ने स्थानमा यो स्कुटर लग्न सकिन्छ । यसलाई रेलभित्र राखेर गुडाउन सकिने मात्र होइन बटुवाको लागि छुट्टाइएको फुटपाथबाट पनि हिँडाउन सकिन्छ । यसमा प्रयोग भएको ब्याट्री फूल चार्ज गर्न ९० मिनेट लाग्ने बताइएको छ । आउँदो अगष्ट देखि बजारमा यसको बिक्रि सुरु गर्ने कम्पनीको योजना छ । यसको मूल्य झण्डै ३ लाख २५ हजार रुपैयाँ अर्थात् झण्डै ३४ सय अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।
ev 3
 एकपांग्रे बिजुली स्कुटर कसरी गुड्दोरहेछ ? भिडियो हेर्नुहोस्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger