Widgets

Home » » इजरायल पठाउने कम्पनीको ५० करोड डुब्यो

इजरायल पठाउने कम्पनीको ५० करोड डुब्यो

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१९ असार, काठमाण्डौं । इजरायल कामदार पठाउन बन्द भएपछि म्यानपावर कम्पनीको ५० करोड रुपैयाँ डुवेको छ । पठाउने कम्पनी र जान चाहने कामदारको गरी करिब ५० करोड रुपैयाँ फसेको सम्बद्ध व्यसायीले जानकारी दिएका छन् । जाने तयारी गरिरहेका कामदारको डुबेको रकमको दायित्वसमेत म्यानपावर कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ । इजरायल महिला कामदारका लागि वैदेशिक रोजगारको आकर्षक गन्तव्य हो । म्यानपावर कम्पनीले कामदारसँग आवश्यकताभन्दा दशौं गुणा बढी रकम असुलेको आरोपमा इजरायल सरकारले चार बर्षअघि नेपाली कामदार लिन रोकेको हो । इजरायलले पूर्व सूचनाबिना एकाएक कामदार लिन बन्द गरेपछि पाइपलाइनमा रहेका कामदारको करोडौं रुपैयाँ डुबेको अन्नपूर्ण पोष्टमा खबर छ । इजरायल सरकारले कामदार लिन बन्द गरेको जानकारी दिएको समयमा सात सयजना कामदार पापलाइनमा थिए । प्रत्येक कामदारले सरदरमा डेढलाखदेखि साढे दुईलाख रुपैयाँ खर्च गरेका थिए भने म्यानपावर कम्पनीको पनि सोही हाराहारीमा लगानी भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger