Widgets

Home » » एक्सपिरिया-जेडको मागबाट सोनी उत्साहित

एक्सपिरिया-जेडको मागबाट सोनी उत्साहित

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पानीले धुन मिल्ने मोबाइलका रुपमा चर्चा पाएको सोनी एक्सपिरिया जेडप्रति नेपाली उपभोक्ताको आर्कषण देखेर सोनी उत्साहित भएको छ । ‘दुई महिनामै करिव दुई हजार सेट बिक्रि भयो’ सोनीको नेपालका लागि आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिंकका कार्यकारी निर्देशक राजेश तुलाधरले भन्नुभयो-’उपभोक्ताको आर्कषण देखेर हामी उत्साहित भएका छौं ।’ नेपाली बजारमा ७० हजार रुपैयाँ मूल्य पर्ने सोनी एक्सपिरिया दुई महिनाको अबधिमा सवै प्रति बिक्रि भएको तुलाधरले बताउनुभयो ।
‘आगामी दिनमा सोनीले नेपालको मोबाइल बजारमा आफ्नो हिस्सा बढाउँछ’ तुलाधरले अनलाइनखबरसँग भन्नुभयो- ‘महंगो मूल्यका मोबाइलमा पनि नेपाली उपभोक्ताको रुची देखिन थाल्यो ।’ सामुसङको ग्यालेक्सी एस फोरलाई एक्सपिरियाको मुख्य प्रतिस्पर्धी मानिन्छ । २० हजारभन्दा कम र ५० हजारभन्दा बढि मूल्यका मोबाइलमात्र नेपालमा बढि बिक्रि हुने तुलाधरको अनुभव रहेको छ ।
xperia-z-mobile
कम्पनीले एक्स्पेरिया जेटसँगै एक्सपिरिया जे, एक्सपिरिया ई, एक्सपिरिया ई ड्युल, एक्सपिरिया गो, एक्सपिरिया एल र एक्सपिरिया एसपी मोडलका स्मार्टफोन पनि बजारमा ल्याएको थियो । १६ हजार रुपैयाँबाट शुरु हुने यी स्मार्टफोनको पनि बिक्री उच्च रहेको कम्पनीका विकास थापाले बताउनुभयो । नेपाली स्मार्टफोन बजारमा सोनीको उपस्थिती बलियो बनाउन यी मोडलले भूमिका खेलेको उहाँको भनाई छ ।
भर्खरैमात्र मोबाइल बजारमा प्रवेश गरेको सोनीले आउने मोडलहरुबाट बजार हिस्सा बढाउने तुलाधरको दावी छ । एक्सपिरिया जेडपछि केही महिनाभित्रै जेड-आर र जेड अल्ट्रा मोडलका मोबाइल पनि नेपाली बजारमा आउँदैछन् । कम्पनीका शोरुम म्यानेजर रोमन अवालेका अनुसार एक्सपिरिया जेडआर साउनको पहिलो हप्तामा नेपाली बजारमा भित्रिने छ ।
‘एक्सपिरिया-जेडआर’
वाटर प्रुफ एक्सपिरिया जेडआर ४.५५ इञ्चको टिएफटी क्यापासीटीभ टचस्त्रिन एन्ड्रोइड स्मार्टफोन हो । यसले टुजी, थि्रजी र फोरजी नेटवर्क सपोर्ट गर्छ । १ सय ३८ ग्राम तौल भएको स्लिम एक्स्पेरिया जेडआर आकर्षक डिजाइनमा बनाइएको छ । एक मिटर गहिरो पानीमा ३० मिनेटसम्म राख्दा पनि यस स्मार्टफोनमा पानी नपस्ने कम्पनीले दाबि गरेको छ । स्क्र्याच प्रुफसमेत रहेको यसमा ब्रेभिया इन्जिन टु २ प्रयोग गरिएको छ ।
sony-xperia-zr
एन्ड्रोइड ओएस, भि ४.१ जेलि बिन अपरेटिङ सिष्टम रहेको एक्सपिरिया जेडआरमा १.५ गिगाहर्जको क्वार्ड कोर प्रोसेसर जडान गरिएको छ । साथै, २ जीबी र्‍याम भएको हुँदा यो स्मार्टफोन छिटो चल्छ । यसमा ८ जीबी इन्टरनल मेमोरी रहेको छ भने आवश्यकता अनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ । यसमा १३.१ मेगापिक्सेल क्षमताको एलईडी फ्लाससहितको क्यामेरा रहेको छ । क्यामेरामा टच फोकस, फेस डिटेक्सन, स्वीप पानोरामा लगाएतका सुविधा रहेका छन् ।
यसको साथै स्मार्टफोनमा ३.५ एमएमको अडियो ज्याक, वाईफाई, रेडियो, जिपिआरएस, टिभी आउट, एमपी ३, एमपी ४, २३०० एमएएच ब्याटि्र लगाएतका सुविधाहरु रहेका छन् । एक्स्पेरिया जेटआर कालो, सोतो, पिङ्क र मिन्ट कलरमा उपलब्ध हुनेछन् ।
‘एक्सपिरिया-जेट अल्ट्रा’
६.४ इञ्चको टच स्त्रिन भएको यस स्मार्टफोनले पनि टुजी, थि्रजी र फोजी नेटवर्क सपोर्ट गर्छ । वाटर प्रुफ स्मार्टफोनमा १ मिटर गहिरो पानीमा ३० मिनेटसम्म डुबाउँदा पनि पानी नपस्ने कम्पनीको दाबि छ । यो पनि बडी स्क्र्याच प्रुफ स्मार्टफोन हो ।
soney-Xperia_Z_Ultra
१६ जीबी आन्तरिक मेमोरी क्षमता भएको र आवश्यकता अनुसार ६४ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने छ । एन्ड्रोइड ओएस, ४.२ जेली बिन अपरेटिङ सिष्टम, २.२ गिगाहर्जको क्वार्ड कोर प्रोसेसर, २ जीबी र्‍याम, ३०५० एएमएच क्षमताको ब्याटि्र, ८ मेगापिक्सेल क्यामेरा -टच फोकस, फेस डिटेक्सन, स्वीप पानोरामा आदि), वाईफाई, एफएम रेडियो, एमथि्र, एमपी फोर लगाएतका सुविधाहरु रहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger