Widgets

Home » , » क्यासिनोको जुवामा लगानीको धन्दा, एकलाखको दैनिक व्याज आठहजार

क्यासिनोको जुवामा लगानीको धन्दा, एकलाखको दैनिक व्याज आठहजार

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


काठमाण्डौं । बालाजुका बालकृष्ण केसीले ६ महिनामा क्यासिनोमा पौने तीन करोड हारे । पुख्र्यौली सम्पत्ति सिध्याएपछि उनले तीन बर्षअघि क्यासिनोलाई मसानघाटको नाम दिएर जान छाडे । तर, क्यासिनोमा जुवा खेल्दा लिएको ऋणले उनलाई अझै तनाव छ । ‘अझै पनि लगानीकर्ताले दुःख दिइरहेका छन्,’ केसी भन्छन् ‘क्यासिनो त मसानघाट हो, क्यासिनोले मेरो जिन्दगी सिध्यायो ।’ क्यासिनोमा उनले एकै दिनमा २० लाख रुपैयाँसम्म हारेको नयाँ पत्रिकामा खबर छ । क्यासिनोमा हारेको मात्र नभएर लगानीकर्ताको व्याज तिर्दा आफ्नो धेरै रकम गुमेको उनको भनाई छ । केसी मात्र होइन, सयौं नेपाली क्यासिनोको लतमा घरबारबिहीन भएका छन् । क्यासिनोमा हारेको सँगै सापट लिएको ऋणको व्याज तिर्दातिर्दै उनीहरु कंगाल बन्ने गरेका छन् । लगानीकर्ताले एक लाख रुपैयाँको दैनिक व्याज आठहजार रुपैयाँसम्म लिने गरेका छन् । क्यासिनोमा घरजग्गा गुमाउने मात्र नभई लगानी गर्नेहरुको संख्या पनि ठूलो छ । क्यासिनोमा पैसा लगायने बलराम सापकोटाले रोयल क्यासिनोमा सेयर नै हालिसकेका छन् । क्यासिनोमा लगानी गरेरै उनले करोडौं कमाएको भन्दै उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सबै सम्पत्ति रोक्का राखी छानबिन थालिसकेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger