Widgets

Home » » शिक्षिकाको कुटाईले बालकको आँखा फुट्यो

शिक्षिकाको कुटाईले बालकको आँखा फुट्यो

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ असार, नेपालगञ्ज । ‘होमवर्क’ नगरेको भन्दै शिक्षिकाले पिट्दा ‘भेरिजोन इङलिस मिडियम स्कूल’ मा नर्सरी कक्षा पढ्ने बाँके हिरमिनिया १ स्थित भनघोटना गाउँका आठबर्षे बालक अजय धोबीको नानी -आँखा) फुटेको छ । बालकले बायाँ आँखाको दृष्टि गुमाएका छन् । घटना असार ९ गतेको भए पनि सार्वजनिक गरिएको थिएन् । विद्यालयले सबै उपचार खर्च बेहोर्ने भन्दै भोलिपल्टै शल्यक्रिया गराएको थियो, तर एक सातासम्म पनि बालकको आँखामा दृष्टि नर्फकिएपछि चिकित्सकले काठमाण्डौं तिलगंगा आँखा अस्पताल लैजान सुझाउँदै सोमबार अस्पतालबाट डिस्चार्ज गरेपछि पीडित परिवारले मंगलबार खुलासा गरेका हुन् । यसै बर्ष खुलेको उक्त स्कुलकी शिक्षिका आराधना रानाले कितावले मुखमा हान्दा बायाँ आँखामा लागेर नानी फुटेको बुधबार प्रकाशित कान्तिपुर दैनिकमा खबर छ । चोट लागेर उनी आत्तिएपछि विद्यालयका शिक्षक र सञ्चालकले नेपालगन्जस्थित फत्तेबाला आँँखा अस्पताल पुर्‍याएका थिए । ‘बिहान छोराछोरी स्कुल पठाएर तरकारी बेच्न नेपालगञ्ज आएको थिए,’ अजयका बुवा कैकुलाल धोबीले भने, ‘दिउँसो २ बजेतिर अस्पतालबाट फोन आयो । जाँदा छोराको आँखा फुटेको थाहा पाएँ ।’ अस्पतालले आँखाको अपरेसन गर्नुपर्छ भनेपछि सञ्चालकले उनलाई बोलाएका थिए । पहिले आँखामा रगत जमेको भनिएपनि चिकित्सकले छोराको आँखाको नानी च्यातिएको बताएपछि मैकुलाल छाँगाबाट खसेझै भएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger