Widgets

Home » » लडाकू शिविरको भ्रष्टाचारबारे अख्तियारले छानविन गर्दै

लडाकू शिविरको भ्रष्टाचारबारे अख्तियारले छानविन गर्दै

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१९ असार, काठमाण्डौं । शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलबभत्ताका लागि राज्य कोषबाट खर्च भएको चार अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
aktiyarप्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुरदेखिएपछि अख्तियारले अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान बढाएको हो । यसका लागि अख्तियारले लडाकु खर्चसम्बन्धी सम्पूर्ण हिसावकितावको विवरण तथा फाइल सम्बन्धित निकायबाट मगाइसकेको छ ।
तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु तथा शिविरका लागि राज्यकोषबाट भएको खर्चमा दुरुपयोग भएको निष्कर्ष निकाल्दै यसमा छानबिन गर्ने नीतिगत निर्णय गरेको थियो । एमालेनिकट युवा संघले पनि लडाकु तथा शिविरका नाममा राज्यकोषबाट करोडौं रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको अन्नपूर्ण पोष्टमा खबर छ ।
विशेष समितिको निर्णय, युवा संघको उजुरी तथा अन्य स्रोतबाट प्राप्त सूचनालाई समेत आधार मानेर विस्तृत अनुसन्धान थालिएको अख्तियारका अधिकारीले बताए । युवा संघका अध्यक्ष महेश बस्नेतले अख्तियारमा दर्ता गराएको उजुरीमा चार अर्व रुपैयाँभन्दाबढी भ्रष्टाचार गरेको दाबी गरिएको छ ।
सम्पत्ति छानबिनमा तानिए राष्ट्र बैंकका सात उच्च अधिकारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको आशंकामा राष्ट्र बैंकका सात उच्च अधिकारीमाथि अनुसन्धान थालेको छ । पहिलो चरणको छानविनका क्रममा हैसियतभन्दा बढी सम्पीत्त देखिएको भन्दै अख्तियारले राष्ट्र बैंकका डेपुटी गभर्नर, विभागीय प्रमुख र निर्देशकहरुमाथि छानबिन सुरु गरेको हो ।
प्रारम्भिक अनुसन्धानपछि अकूत सम्पत्ति आर्जनमा थप छानबिन गर्ने निष्कर्षमा अख्तियार पुगेको हो । स्रोतका अनुसार अख्तियारले शंकाको घेरामा परेका सातजना बरिष्ठ अधिकारीलाई बयानका लागि आयोगमा बोलाइसकेको छ ।
अकूत सम्पत्ति कमाएको आशंकामा डेपुटी गर्भनर महाप्रसाद अधिकारी माथि थप अनुसन्धान थालिउको छ । अख्तियारले उनलाई पत्र लेखेर बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ । डेपुटी गर्भनर अधिकारी आयोगमा बयानका लागि गई नसके पनि विभागीय प्रमुख र अन्य अधिकारी भने बयान दिन अख्तियार पुगिसकेको स्रोतले बताएको राजधानी दैनिकमा खबर छ ।
नाम चुहिँदा अख्तियारको अनुसन्धानमा आशंका
पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने उच्चपदस्थ अधिकारीमाथि छानबिन थालेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नै नाम चुहाएपछि अनुसन्धान प्रभावित हुने आशंका बढेको छ । कारबाहीको सूचीमा परेका अधिकारीको कसुर पुष्टि नहुँदै नाम सार्जजनिक हुँदा उनीहरुलाई काम गर्न नैतिक अप्ठ्यारोसमेत देखिन थालेको कारोबार दैनिकमा खबर छ । नाम सार्वजनिक गर्दा अख्तियारकै केही उच्च अधिकारीसमेत असन्तुष्ट छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger