Widgets

Home » » युनिटी घुसकाण्डमा मुछिए एमालेका पूर्व अर्थमन्त्री

युनिटी घुसकाण्डमा मुछिए एमालेका पूर्व अर्थमन्त्री

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१९ असार, काठमाण्डौ । एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युनिटी काण्डमा करोडौं घुस खाएको अभियोग लागेको छ ।
अर्थमन्त्री हुँदा पाण्डेले ५करोड नगद र करोडौं रुपैयाँका अन्य जिन्सी समाग्री लिएको आरोपसहित यतिबेला एमाले कार्यकर्ता अध्यक्ष झलनाथ खनालको दैलोमा पुगेका छन् ।
एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले पार्टीको नाम जोडेर युनिटीसँग भएका आर्थिक लेनदेनको पारदर्शीताको माग गर्दै खनालसमक्ष निबेदन दिएको बुधबार साप्ताहिकले छापेको छ ।
minister surendra pandeyयुनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका पाठकले बैशाखको तेस्रो साता बसेको एमाले स्थायी समितिको वैठकमा पाण्डेमाथि संगीन आरोप लगाउँदै पत्र बुझाएका छन् ।
महासचिव इश्वर पोखरेल वैठकबाट बाहिरिएका बेला पारेर दिइएको पत्र सवै स्थायी समिति सदस्यलाई एक-एक प्रति दिइएको थियो भने बोधार्थ अनुशासन आयोगलाई दिइएको थियो ।
अनुरोधपत्रमा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पाण्डे र युनिटीका चाटर्ड एकाउन्टेन कृष्ण पनेरुमार्फत् युनिटीले एमालेलाई ३ करोड ५० लाख बुझाएको उल्लेख छ । पाण्डे अर्थमन्त्री भएपछि पनि पार्टीलाई सहयोगस्वरुप भनेर दुईपटक ५०-५० लाख गरी कुल १ करोड रुपैयाँ बुझाएको र पार्टीका केन्द्रीय सदस्यहरुका लागि भनी पहिलो चरणमा ३३ थान अत्याधुनिक ल्यापटप दिइएको पाठकले पत्रमा उल्लेख गरेका छन् ।
युनिटी र पाण्डेवीच पछिल्लो समय मनमुटाव हुनुमा पनि आर्थिक लेनदेन नै मुख्य कारण रहेको पाठकले दावी गरेका छन् । उनले भनेको छन-’०६७ बैशाखको पहिलो हप्तातिर तत्कालिन मन्त्री सुरेन्द्र पाण्डेमार्फत् बाणिज्य मन्त्रालय लगायत बिमा समिति, राजश्व र राष्ट्र बैंकसम्म कागजात र कुरा मिलाउनुपर्ने भयो र त्यसका लागि पार्टीका लागि ५ करोड रुपैयाँ र एउटा हाइलक्स गाडी दिनुपर्ने भयो भन्दै युनिटीका अध्यक्ष र एमडी मसँग आए ।’
पाठकका अनुसार त्यसबारे कुरा गर्न उनी स्वयं पाण्डेसमक्ष पुगेका थिए । बिगतमा पनि सहयोग गरेकै हो, यसबेला त्यति धेरै रकम सहयोग गर्न नसक्ने तर बढिमा २ करोडसम्म दिन सकिने बताएपछि पाण्डे उनीमाथि खनिएको पत्रमा उल्लेख छ । ‘तपाई किन आउनुपर्‍यो, यसमा अरु नै साथीहरु लागिरहनुभएको छ, यसमा तपाईले धेरै चासो नदिनुहोला भनेपछि म फर्केर त्यही कुरा अध्यक्ष र एमडीलाई बताएँ, त्यसको एक महिनापछि युनिटी बन्द भयो ।’ पाठकले बुझाएको पत्रमा उल्लेख छ । त्यो रकम पार्टीमा आए/नआएको वा पार्टीको नाम जोडेर पाण्डेले नै अनियमितता गरेको बारे छानविन गर्न उनले अध्यक्ष खनालसमक्ष माग गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger