Widgets

Home » » सुरक्षामा हप्ताकै ५० हजार डलर

सुरक्षामा हप्ताकै ५० हजार डलर

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सुरक्षामा हप्ताकै ५० हजार डलर
लसएन्जल्स – हलिउड अभिनेता टम त्रु्कजले आफ्नी सात वर्षीया छोरी सुरीको सुरक्षाका लागि अंगरक्षकहरुलाई साप्ताहिक रुपमा ५० हजार डलर तिर्ने गरेको समाचार प्रकाशित भएको छ। फिल्म 'ओलिभियन'का हिरो टमले पूर्व पत्नी केटी होल्मस् र छोरी सुरीलाई नियमित पिछा गर्ने पापाराजी (फोटोग्राफर)हरुबाट जोगाउन यति धेरै खर्च गरेका हुन्। 'टम सधैं सादा पोशाकका सुरक्षाकर्मीहरुको दोहोरो घेरामा हुन्छन्, उनले छोरीको लागि चाहिँ आफ्नोभन्दा दुइगुणा बढी सुरक्षाकर्मी खटाएका छन्, सुरीकी आमा केटी पनि सुरीको सुरक्षा पैसाभन्दा महत्वपूर्ण रहेको ठान्छिन् र सुरक्षा खर्च टमले नै बेहोर्दै आएका छन्,' एक स्रोतले बताएका छन्। 'सुरीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी निकै तालिमप्राप्त छन्, उनीहरुसँग वैधानिक हतियार साथै हुन्छ, लसएन्जल्समा उनीहरुले केटीको गाडीमा बन्दुक राख्नेगर्छ, न्युयोर्कमा चाहिँ आफूसँगै राख्ने अनुमति हुन्छ,' स्रोतले थपे।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger