Widgets

Home » » 'नेपालमै बन्नसक्छ स्मार्टफोन'

'नेपालमै बन्नसक्छ स्मार्टफोन'

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

'नेपालमै बन्नसक्छ स्मार्टफोन'

क्यालिफोर्निया– नेपालमा उपलव्ध दक्ष र सस्तो इन्जिनियरिङ जनशक्तिलाई परिचालन गर्न सकेमा मोबाइल सेटको उत्पादन गर्न सकिने धारणा सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुले बताएका छन्। 'नेपालमा मोबाइल सेटको बजार बढ्दो क्रममा छ, त्यसो हुँदा नेपालमै स्मार्टफोनको उत्पादन गर्न सक्छौं,' इन्टेल कर्पोरेसनमा कार्यरत नेपाली इन्जिनियर प्रमोद पौडेलले भने । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) युएसए र अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले २५ देखि ४५ अमेरिकी डलरको लागतमा नेपालमै स्मार्टफोन बनाउन सकिने दावी गरे। 'वर्षेनी झण्डै पाँचहजार आइटी इन्जिनियरहरु नेपालका बिभिन्न कलेजहरुबाट उत्पादन भैरहेका छन्, तिनीहरुलाई उपयोग गरेर नेपालमै स्मार्टफोन उत्पादन गर्न सकिन्छ,' उनले भने। पौडेलले नेपाल सरकारले उपयुक्त वातावरण दिने हो भने देशमै स्मार्टफोन उत्पादन गरेर सस्तोमा बिक्री गर्न सकिने बताए। विदेशी स्मार्टफोन कम्तिमा ७-८ हजार रुपैयाँ पर्नुका साथै नेपाली परिवेश अनुसारका एप्सहरु समेत उपलव्ध हुँदैनन्। त्यसो हुँदा नेपालको बजार ठूलो रहेकोले किसान, विद्यार्थी, शिक्षकका लागि उपयुक्त एप्सहरु विकास गर्न सकेमा मोबाइलको ठूलो बजार रहेको हुँदा त्यसतर्फ अघि बढ्न उनीहरुले औंल्याए। अहिले नेपाली बजारमा ४८ प्रतिशत हिस्सा नोकियाको छ। त्यस्तै २५ प्रतिशत सामसङ, १० प्रतिशत एप्पल, ५ प्रतिशत एचटिसीको छ। बाँकी बजार सोनी, एलजी, व्ल्याकबेरी र चिनिया सेटले लिएका छन्। उत्तरी छिमेकी चीन र दक्षिणको भारतबाट समेत नेपालले सिकेर स्थानीय परिवेश अनुसारका एप्लिकेसनहरु बनाउन सकेमा नेपालमा अझै पनि मोबाइलको ठूलो बजार रहेको विज्ञहरुले बताएका थिए । तर पटक पटक भैरहने बन्द हड्ताल, लोडसेडिङ, राजनीतिक अस्थिरताले गर्दा नेपालमै स्मार्टफोन उत्पादन गरेर देखाउन चाहने लगानीकर्ताहरु पछि हटेको विज्ञहरुले उल्लेख गरे। भारतले चीनको हार्डवयर र एन्ड्रोइडको अपरेटिङ सिस्टमबाट स्मार्टफोनको क्षेत्रमा निकै ठूलो विकास गरेको छ। नेपालमा पनि प्राविधिक जनशक्ति, ठूलो बजार र खुल्ला सफ्टवयरको उपलव्धताले गर्दा स्मार्टफोनको क्षेत्रमा निकै ठूलो फड्को मार्नसक्ने संभावना रहेको विज्ञहरुको भनाइ थियो। नेपालको सूचना प्रविधिको क्षेत्रमा रहेका समस्या र त्यसको समाधान गर्न अमेरिकाभरि रहेका इन्जिनियरहरुले शनिबार दिनभरि छलफल गरे। इन्टेलको प्रधान कार्यालय सान्टाक्लारामा आयोजित कार्यक्रममा बिभिन्न अमेरिकी आइटी कम्पनीहरुमा कार्यरतदेखि लिएर विश्वविद्यालययका प्राध्यापकहरुले नेपालको सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाए। 'समृद्ध जीवनको लागि इन्जिनियरिङ, विज्ञान तथा प्रविधि' विषयमा आयेजित कार्यक्रममा नेपाली इन्जिनियरहरुले २० वटा कार्यपत्रहरु प्रस्तुत गरेका थिए। प्राकृतिक प्रकोपको समयमा सञ्चारको क्षेत्र तहस नहस हुनसक्ने भएकोले त्यसको लागि अहिलेदेखिनै तयार रहन प्राविधिहरुले ह्याम रेडियो लगायतका प्रविधि प्रयोगमा ल्याउन सुझाव दिएका छन्। पछिल्लो समयमा सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको फ्रिक्वेन्सी नीतिमा ह्याम रेडियोको लागि फ्रिक्वेन्सी व्यबस्था नगरेकोमा प्राविधिहरुले सरकारको त्रुटी औंल्याए। कार्यक्रममा क्यान युएसएका अध्यक्ष आमोदकुमार पोखरेलले नेपाली इन्जिनियरहरुले संसारभरि बिभिन्न क्षेत्रमा प्रगति गरेर देखाएकोले नेपालमा सूचना प्रविधि, शिक्षा क्षेत्रमा गर्नसक्ने उल्लेख गरे। सूचना प्रविधिमा काम गर्ने जनशक्तिको उच्च मागलाई दृष्टिगत गरेर हालैमात्र २५ जना नेपालीलाई अमेरिकामै जाभा सफ्टवयर संबन्धि तालिम दिएको उनले जानकारी दिए। उद्‌घाटन कार्यक्रममा क्यान युएसएका संस्थापक अध्यक्ष विनित शर्मा, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का संस्थापनक अध्यक्ष बिमल शर्मा, अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियरका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। कार्यक्रममा नेपालबाट विज्ञान तथा प्रविधि मन्त्रालयका कामु सचिव शंकर अधिकारीले स्काइपबाट शूभकामना व्यक्त गरेका थिए। उनले सूचना प्रविधि नीति र १० बर्षिय योजनालाई सरकारले कार्यान्वयन गरिरहेको चर्चा गरेका थिए। क्यानका अध्यक्ष विनोद ढकालले सूचना प्रविधि क्षेत्रको आउटसोर्सिङका लागि तयार गर्नुपर्ने कार्यहरुका बारेमा कार्यदल गठन गरिएको र त्यसबाट यो क्षेत्र अझै व्यबस्थित हुने आशा राखे। प्राकृतिक प्रकोपको समयमा सञ्चालनमा ल्याइने ह्याम रेडियोको पूर्वाधारका लागि सिस्कोका नेपाल प्रतिनिधि किशोर पन्थले १० हजार डलर दिने घोषणा गरे। ह्याम रेडियोको पूर्वाधार तयार गर्न ४० हजार डलर खर्च लाग्ने क्यान युएसएका कार्यसमिति सदस्य सुरेश ओझाले उल्लेख गरेका थिए। ह्याम रेडियोको पूर्वाधारका लागि नेपाली प्राविधिकहरुले समेत आवश्यक रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। भारत र चीन जस्ता सूचना प्रविधि क्षेत्रमा अग्रणी स्थान लिइरहेका मुलुकबाट नेपालले फाइदा लिनसक्ने भएकोले त्यसका लागि उचित वातावरण बनाउन विज्ञहरुले सुझाव दिएका थिए। नेपालको टेलिमेडिसिन क्षेत्रको विकासका लागि समेत अमेरिकामा रहेका नेपाली प्राविधिकहरुले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger