Widgets

Home » » सुटिङको क्रममा घाइते भईन् विना मलिक

सुटिङको क्रममा घाइते भईन् विना मलिक

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


आफ्नो बोल्ड इमेजका कारण पर्दामा र पर्दाको पछाडि तहल्का मच्चाउने वाली पाकिस्तानी अभिनेत्री वीना मलिक फेरि चर्चाको कारण बनेकी छिन् । विना यसपटक कुनै नग्न तस्विरका कारण नभई सुटिङको क्रममा घाइते भएपछि चर्चाको विषय बनेकी हुन् । थाइल्याण्डमा फिल्म सिल्क सक्कत मागा को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । सुटिङको क्रममा विनाको खुट्टामा चोट लागेको हो । चोटपछि उनलाई डाक्टरको सहयोगमा मलहम पट्टी गरिएको थियो । जसको कारण केही घण्टाको लागि सुटिङ रोकिएको थियो । विनाको अनुसार उनको लागि चोट लाग्नु नयाँ होइन तर चोटको कारण उनको सुटिङमा भने असर परेको छ । रोमान्सको इमोशन ल्याउनुपर्ने गीतको सुटिङमा दुखाईको कारण उनको चेहरामा त्यो रोमान्स भने आउन सकेको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger