Widgets

Home » » फेसबुकले सिकाउँदैछ ‘फोहोर’ बोल्न

फेसबुकले सिकाउँदैछ ‘फोहोर’ बोल्न

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सोशल नेटवर्किङको दुनियामा विश्वकै बादशाह फेसबुकले केही दिनअघि एक भाइरसका कारण निकै दुख खेप्यो र सोही कारण अमेरिकाका ६० लाख फेसबुक प्रयोगकर्ताका गोप्य जानकारी चुहिए । हुनत बेलाबेलामा आफ्नो सुरक्षा लापरवाहीका कारण फेसबुक यसअघि पनि विवादमा नआएको होइन । साथै फेसबुकमाथि विश्वका युवालाई इन्टरनेटको कुलतमा फसाएको, साइबर क्राइम बढाएको, सामाजिक सम्बन्धमा खलल पूराएको जस्ता आरोप पनि लाग्ने गरेका छन् । यति हुँदाहुँदै पनि फेसबुकको प्रयोगकर्ता बढिरहेकै छन् र अहिले फेसबुकका प्रयोगकर्ता १ अर्ब १० करोड नाघिसकेका छन् ।

facebook
फेसबुकका प्रयोगकर्तामध्ये सबैभन्दा बढि युवावर्ग नै छन् । खासगरी १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीले फेसबुक बढि प्रयोग गर्ने गरेको अमेरिकामा भएको एक सर्भेले देखाएको छ ।
यो सर्भेक्षणले अमेरिकी किशोर किशोरीहरुमध्ये सयमा ९० जना फेसबुकको कुलतमा फसेका छन् । उनीहरु दिनमा कम्तिमा ४-५ घण्टा फेसबुकमा झुण्डिन्छन् । यस्तै २० देखि २५ वर्ष उमेर समूहका युवा युवतीहरु भने दिनभर नै फेसबुकमा अनलाइन रहन्छन् र फेसबुक च्याटलाई गम्भीरतापूर्वक लिन्छन् ।
७३ प्रतिशत किशोर किशोरी सोसल नेटवर्किङ साइटमा आबद्ध भएको र एकजनाको फेसबुकमा औषतमा २०१ जना साथी रहेको सर्भेले देखाएको छ । यसको मतलब उनीहरुका लागि फेसबुकमा च्याटिङ गर्नका लागि कम्तिमा पनि २०१ विकल्प हुन्छन् । साथै ३७ प्रतिशतले दिनहुँ आफ्ना फेसबुके साथीहरुलाई म्यासेज पठाउँछन् र म्यासेजको रिप्लाइ नआएमा निकै हतास हुन्छन् ।
सर्भे अनुसार ८३ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु फेसबुकमा अपलोड भएका साथीहरुका तस्वीरमा कमेन्ट गर्ने गर्छन् । ६६ प्रतिशत भने अश्लील च्याटिङ गर्नकै लागि फेसबुकमा अनलाइन रहिरहन्छन् । ५२ प्रतिशत युवा अश्लील म्यासेज तथा ग्रुप च्याट गर्छन् । यसले पनि देखाउँछ की फेसबुक अश्लील कुरा गर्ने फोरम बनिरहेको छ ।
६३ प्रतिशत अमेरिकी किशोर किशोरीले आफ्ना अभिभावकलाई आफु अनलाइन भएको थाहै नदिइ फेसबुकमा च्याटिङ गर्छन् । शोधकर्ताहरुका अनुसार फेसबुकको प्रयोग किशोर किशोरीहरुमा मनोरञ्जन तथा मोजमस्तीका लागि बढि भएको छ जो उनीहरुको मानसिक र सामाजिक विकाशका लागि खतरनाक हुनसक्छ । फेसबुकका माध्यमबाट किशोरकिशोरीहरु अश्लीलता तथा पोर्न सामाग्री तर्फ बढि आकषिर्त हुने गरेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger