Widgets

Home » » कोरियामा भएको तेक्वान्दोमा नेपालीलाई रजत पदक

कोरियामा भएको तेक्वान्दोमा नेपालीलाई रजत पदक

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ असार, काठमाण्डौं । दक्षिण कोरियाको छेजुडोमा भएको १३ औँ अन्तर्राष्ट्रिय स्पोर्टस् फर अल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रवीन अधिकारीले रजत पदक हात पारेका छन् । पुरुषको ५६ केजीमुनि रवीनले स्पेन, मलेसिया र चीनका खेलाडीलाई पराजित गर्दै सोमबार रजत पदक जितेको तेक्वान्दो युनियन-नेपालका महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार फाइनल नतिजा भने रवीनले कोरियाली खेलाडीलाई १०-७ ले सुम्पेका थिए । त्यसैगरी, सोही प्रतियोगिताको महिलाको ४६ केजीमुनि तारा पराजुलीले मलेसिया र अमेरिकाका खेलाडीलाई पराजित गर्दै कास्य पदक हात पारिन् । कोरियाली खेलाडीविरुद्धको सेमिफाइनलमा ताराले ७-५ ले गुमाइन् । प्रतियोगितामा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषको ६० केजीमुनि कृष्ण श्रेष्ठ क्वाटरफाइनलमा कोरियाली खेलाडीसङ्घ पराजित हुँदै पदकविहीन बने । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger