भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गत वर्षको अन्त्यमा आएको ३० करोड भारुको फिल्म 'बर्फी' ले बक्सअफिसमा एक सय ७५ करोडको कमाइ त गर्यो नै, क्रिटिक्सको नजरमा पनि अब्बल ठहरियो । थुप्रै अवार्ड कार्यक्रममा यसैले वर्चस्व राख्यो । यस वर्ष ओस्कारमा पनि रणवीर कपुरकै फिल्मले प्रतिनिधित्व गर्यो । पुरस्कृत हुने 'बर्फी' को सिलसिला अझै जारी छ । आइफा अवार्डको प्राविधिक विधातर्फ पनि अनुराग वसु निर्देशित फिल्म अब्बल देखिएको छ । यसले पूरा १४ अवार्डमध्ये नौवटालाई आफ्नो नाममा दर्ता गरायो । मकाउमा तीन दिनसम्म चल्ने उक्त अवार्डमा पपुलर, म्युजिकल र टेक्निकल गरी तीनै विधामा अवार्ड दिने गरिन्छ । शनिबार साँझ वितरण गरिएको टेक्निकलतर्फको १४ विधामध्ये 'बर्फी' ले छायांकन, स्त्रिmनप्ले, साउन्ड डिजाइन, गीत रेकर्डिङ, साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड स्कोर, कस्ट्युम डिजाइन, मेकअप र प्रोडक्सन डिजाइन विधाका अवार्ड जित्दै आइफामा एकलौटी गर्यो । 'बर्फी' पूरा अवार्डको २१ विधामा मनोनित भएको छ भने त्यसपछि अनुराग कश्यपको 'ग्यांग्स अफ वासेपुर १' १०, 'विक्की डोनर' र 'अग्निपथ' समान ९ विधामा परेका छन् । 'ग्यांग्स अफ वासेपुर १' ले टेक्निकलतर्फ एक्सन र संवाद दुई अवार्ड जितेको छ । सं वादको उक्त अवार्डलाई भने 'विक्की डोनर' का लागि पनि दिइएको हो । 'कहानी' ले सम्पादनमा आइफा अवार्ड हात पार्यो । सन् २००० मा पहिलोपटक लन्डनमा गरिएको आइफा अवार्डस्को १३ औं संस्करणलाई नायकद्वय शाहरुख खान र साहिद कपुरले सञ्चालन गरिरहेका छन् । गतवर्षको आइफा अवार्डस 'जिन्दगी नामिलेगी दोबारा' ले जितेको थियो भने यसपालि 'बर्फी', 'ग्यांग्स अफ वासेपुर १', 'इंग्लिस भिंग्लिस', 'कहानी', 'पानसिंह तोमार', 'तलास' र 'विक्की डोनर' प्रतिस्पर्धामा छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.