Widgets

Home » » नाचगानसँगै कुटाकुट - सुटिङ रिपोर्ट

नाचगानसँगै कुटाकुट - सुटिङ रिपोर्ट

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

No smoking

नेपाली फिल्मका लागि कीर्तिपुरको चोभार ऐतिहासिक स्थल नै हो । कुनै स्थानमा सुटिङ अचानक रोकियो भने फिल्मकर्मीका लागि तत्कालको उपाय चोभार नै हुनेगर्छ । चोभार नै ताकेर जानेको संख्या पनि कम हुँदैन । भनिन्छ, चोभारका ढुंगा, माटो पनि फिल्ममा आउन बाँकी छैन । यतिबेला झन्डै डेढ दर्जन फिल्म सुटिङमा छन् । शुक्रबार पनि दुई फिल्म 'बर्दी' र 'नो स्मोकिङ' ले सुटिङका लागि चोभार छाने । विजयविक्रम बस्नेत निर्देशित फिल्म 'बर्दी' ले चोभारको पाखोमा नृत्यको सिन खिचिरहेको थियो । अर्कोतर्फ सुमन दाहाल निर्देशित 'नो स्मोकिङ' मा फाइटको सिन । बस्नेतले पूर्वनिर्धारित लोकेसन गोठाटारको राधाकृष्ण मन्दिरमा सुटिङ सम्भव नभएपछि चोभारको मञ्जुश्री पार्कमा हान्निएका थिए । नृत्य निर्देशक प्रदीप श्रेष्ठ कलाकारलाई नाच्न सिकाइरहेका थिए । आफ्नी हिरोइन अनु शाहलाई काखमा च्यापेर लच्कँदै नाच्न पहिलोपटक फिल्म खेलिरहेका विरेन डिसीलाई असहज भइरहेको थियो । दिपेश गौतमको गीतमा नाच बिगारेर टेक खाइरहँदा नायिकाले नै विरेनलाई आफूलाई कसरी च्याप्ने सिकाउन थालिन् । अघिल्लो दिन पानीले सुटिङ बिथोलिएर तनावमा देखिएका फिल्म निर्माता कुमार आचार्यलाई शुक्रबार पनि डर भइरहेको थियो, छिटपुट पानी पर्न थाल्नु अनि नायकले टेक खाइरहनुले । विकास चौधरीको संगीत रहेको गीतलाई सन्तोष लामा र प्रविशा अधिकारीले गाएका हुन् । फिल्ममा कुशल थापा, रूपा खनाल, भानुप्रताप, आरपी भट्टराई, म्यान्डी बाबु लगायतले पनि खेलेका छन् । उता, धूम्रपानविरुद्धको फिल्म 'नो स्मोकिङ' मा भने धमाधम फाइट चलिरहेको थियो । बेपत्ता बहिनीको खोजीमा चोभार निस्किएकी एक्ली युवती देखेर पछि लागेका केही आबारा केटालाई नायकले नियत बुझेपछि धुलाइ गर्छ । जब कि गाउँबाट आएकी त्यो युवतीलाई यसबारे थाहा हुँदैन । युवतीको भूमिकामा झरना थापा छिन् भने उद्दार गर्ने नायक बनेका छन्, सञ्जय खतिवडा । साढे ६ फिट अग्ला सञ्जयले ६/७ भिलेनलाई क्षणभरमै सुताउने फाइट कलाका लागि द्वन्द्वनिर्देशक हिमाल केसीको सहारा लिइरहेका थिए । फिल्ममा महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश डिसी, अमृता पाण्डे लगायतको पनि अभिनय रहेको छ । अनमोल शर्मा, सरोज प्याकुरेल र शंकर अधिकारी 'घायल' को लेखन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत छ, दिव्य सुवेदीले खिचिरहेका छन् । निर्देशक दाहालले धूम्रपानबाट आमाबाबु गुमाएका दिदी-बहिनीले अरूलाई यस्तो कुलतमा नपर्न सल्लाह दिने बताए । फिल्मका फाइट दुई दिन लगाएर सकिएको छ । ७० प्रतिशत छायांकन सकिएको फिल्म मुरारी पोखरेलले बनाएका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger