Widgets

Home » » इराकमा ९२ वर्षे कृषकको २२ वर्षीयासँग बिहे

इराकमा ९२ वर्षे कृषकको २२ वर्षीयासँग बिहे

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Iraq

बग्दाद (एएफपी), असार २३ - पुस्तान्तरको पर्वाह नगर्दै इराकमा एक ९२ वर्षे कृषकले २२ वर्षीया महिलासँग बिहे गरेका छन् । बेहुली मुना मुख्लिफ अल-जुबुरी र बेहुला मुसली मोहम्मद अल-मुजामायबीच ७० वर्षको फरक छ । उनी र उनका दुई नाति (१६ र १७ वर्ष) को बिहे पनि एकैपटक गरिएको छ । हजुरबुवाका लागि सर्वगुण सम्पन्न सुन्दरीको खोजीमा नातिहरू पनि लागेका थिए । राजधानी बग्दादको उत्तरी किनारस्थित गुब्बान गाउँमा यो बिहे सम्पन्न भएको थियो । वृद्ध कृषक मुसलीको पहिलो पत्नीको तीन वर्षअघि ५८ वर्षको उमेरमा निधन भएको थियो । उनको पहिलो श्रीमतीबाट १६ सन्तान छन् । किशोर नातिसँगै बिहे गर्दा आफूलाई २० वर्षको ठिटोझैं अनुभूति भएको उनले बताए । नृत्य, संगीत र हवाई फायरबीच चार घन्टासम्म बिहेको विधि चलेको थियो । यो बिहेमा ठूलो संख्यामा स्थानीय आदिवासी नेता र धर्मगुरुहरूको उपस्थिति थियो । हजुरबुवा र दुई नातिहरूको एकसाथ जोडी हेर्न ठूलो भीड लागेको थियो । बेहुला-बेहुलीको पहिरन पनि हेर्न लायकको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger