Widgets

Home » » मलेसियाका लागि मेडिकल अब अनलाइन

मलेसियाका लागि मेडिकल अब अनलाइन

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Test

काठमाडौ, असार २३ - मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण प्रतिवेदन अब अनलाइन हुने भएको छ । कामदार लैजाने नेपाललगायत १५ मुलुकसँग स्वास्थ्य परीक्षण प्रविधि व्यवस्थित गर्न मलेसिया सरकारले यो व्यवस्था गरेको हो । त्यसका लागि मलेसिया सरकारले अनलाइन सफ्टवेर तयार गर्न जिम्मा दिएको बेस्टिनेट एसडीएन बीएचडी र नेपाल स्वास्थ्य व्यवसायी महासंघबीच हालै सम्झौता भएको छ । अब करिब २ महिनाभित्र नेपाली मेडिकल सेन्टरहरूले त्यहाँको सफ्टवेर उपयोगमा ल्याई अनलाइनमा जानुपर्नेछ । त्यसका लागि बेस्टिनेटको प्राविधिक टोली दुई साताभित्र आई नेपाली व्यवसायीलाई प्रशिक्षण दिने महासंघका अध्यक्ष प्रवीन तिवारीले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारबाट मान्यताप्राप्त दुई सय पाँचवटै मेडिकल सेन्टर त्यसका लागि योग्य हुनेछन् । 'सीमित स्वास्थ्य संस्थाले यो अवसर झ्याप पार्ने तयारी गरेको थाहा पाएर महासंघले सबै व्यवसायीका लागि पहल गरेको हो', बेस्टिनेटसँग वार्ताका लागि नेतृत्व गरेर मलेसिया गएका महासंघका वरिष्ठ उपाध्यक्ष कैलाश खड्काले भने, 'उनीहरू पनि यसमा तयार भए ।' सम्झौता हुँदा तिवारी, खड्कालगायत महासंघ पदाधिकारी सहभागी थिए । उक्त व्यवस्थापछि मलेसिया कति गए, कति फर्के, को कहिले फर्किंदैछ, कति म्याद पुगेर पनि नफर्की अवैध भएजस्ता तथ्यांक पत्ता लाउन सजिलो हुनेछ । साथै, गएको दुई महिनाभित्र मलेसियामा स्वास्थ्य परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था हटी एक वर्षमा मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ । महासंघले मलेसिया जानासाथ मेडिकल फेल भई र्फकनुपर्ने समस्या पनि यसले हल गर्ने दाबी गरेको छ । उक्त व्यवस्था लागू भएपछि फिंगरपि्रन्टसहितको अनलाइन मेडिकल रिपोर्ट मलेसियाको अध्यागमनमा पुग्नेछ । अनि मात्र भिसा प्रक्रिया सुरु हुनेछ । यसले भिसाका नाममा हुने ठगी पनि नियन्त्रण हुनेछ । सफ्टवेरलाई ८ हजार अमेरिकी डलर पर्नेछ । यो महँगो भएकाले उपयोगमा ल्याउन गाह्रो पर्ने केही व्यवसायीले प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger