Widgets

Home » » सरकारले साढे पाँच बजे बजेट सार्वजनिक गर्ने

सरकारले साढे पाँच बजे बजेट सार्वजनिक गर्ने

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० असार, काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७०/०७१ को बजेट प्रस्तुत गर्ने भएको छ । आइतवार साँझ साढे ५ बजे राष्ट्रिय योजना आयोग (डा. हर्क गुरुङ हल) मा अर्थामन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको वाषिर्क आय व्यय विवरण (बजेट) प्रस्तुत गर्नु हुने छ ।budget-2013
निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने सीमित नयाँ कार्यक्रम सहित ५ खर्व १० अर्बको बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । राजनीतिक दलको चर्को दबाब र राष्ट्रपति रामवरण यादवको चासोपछि सरकारले बजेटमा अत्याबश्यकीयबाहेक नयाँ कार्यक्रम राखेको छैन ।
बजेटमा निकासीमुलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ । ३ खर्ब ६० अर्व राजस्व उठाउने लक्ष्य लिइएको बजेटमा मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि सुरक्षासमेत गरी करिब १८ अर्ब विनियोजन गरिएको बताइएको छ । यसैवीच बजेट पारित गर्न आइतवार विहान ११ बजेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger