Widgets

Home » » अढाई महिने छोरीको दुवै खुट्टा छिनाइन् आमाले

अढाई महिने छोरीको दुवै खुट्टा छिनाइन् आमाले

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० असार, काठमाण्डौ । मानसिक समस्यावाट लामो समयदेखि पीडित धादिङकी एक आमाले आफ्नी अढाई महिने छोरीको दुबै खुट्टा अचानेमा राखी खुर्पाले छिनाइदिएकी छिन् ।घाइते बालिकाको शुक्रवार राती १२ बजेदेखि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जिल्ला सदरमुकामदेखि झण्डै २० किलोमिटर पश्चिममा पर्ने ढोला-२ तीनघरे धादिङकी २९ वर्षीया वीरकुमारी दवाडीले अढाई महिनाकी छोरी बिमकुमारीको खट्टा छिनाइदिएकी हुन् । श्रीमान भने वीरकुमारीले आफूलाई अचानक देवी चढेर छोरीको खुट्टा छिनाई भोग दिएको वताएका छन् । शुक्रवार दिउँसो साढे तीन बजे श्रीमान खेतमा काम गर्न गएको मौका पारी खसी काट्न प्रयोग हुने घरकै ठूलो खुर्पाले हान्दा बालिकाको दुवै खुट्टा गोलीगाँठानेरवाट छिनेको छ । खुट्टा ठुन्किएपछि तल्लो भागलाई वीरकुमारीले अचानोमै राखी थालले छोपेर घाइते छोरीलाई पिठ्युमा बोकी माइत गएको भन्दै हिडेकी थिइन् । वीरकुमारीले बोकेकी छोरी बेस्सरी रोएको र खुट्टावाट रगतसमेत चुहाउँदै हिडेँको देखेपछि छिमेकीले सोधखोज गर्दा खुट्टा छिनाएको थाहा भएको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । त्यसलगत्तै छिमेकीले वीरकुमारीलाई नियन्त्रणमा लिई प्रहरी र काममा गएका उनका श्रीमानलाई खबर गरेका थिए । घटना थाहा पाएलगत्तै शुक्रवार अपरान्ह तीनघरे पुगेको प्रहरीले घाइते बच्चा, आमा र बाबुलाई घादिङबेसी ल्याएको थियो । तर जिल्ला अस्पतालले रगत रोक्ने औषधि र स्लाइन चढाएर जोरपाटीस्थित अर्थोपेडिक अस्पताल रेफर गरेको थियो । त्यहाँवाट कान्ति अस्पताल लगिएकोमा शुक्रवार राति शिक्षण अस्पताल ल्याएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger