Widgets

Home » , » तेश्रो बच्चाको बारेमा मुख खोले साहरुखले, छोराको नाम ‘अव्राहम’

तेश्रो बच्चाको बारेमा मुख खोले साहरुखले, छोराको नाम ‘अव्राहम’

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अन्तत लामो समयदेखि मिडियामा चलेको हल्लालाई बलिउड वादशाह साहरुख खानले विश्राम लगाउने काम गरेका छन् । साहरुखले तेश्रो बच्चाको बारेमा पहिलो पटक मुख खोलेका छन् । साहरुखका म्यानेजरले जारी गरेको विज्ञप्तीमा तेश्रो बच्चाको नाम ‘अब्राहम’ राखिएको बताइएको छ ।विज्ञप्तीमा भनिएको छ, ‘समय भन्दा केही चाडो जन्म लिएकाले गर्दा हामी बच्चाको स्वास्थ्यलाई लिएर निक्कै चिन्तित थियौ, यसैले बजारमा चलेका अनावश्यक हल्लालाई सहनुको विकल्प हामीसँग थिएन ।’
साहरुखले आफूहरुको तेश्रो सन्तानको स्वास्थ्य राम्रो रहेको बताउँदै मिडिया र आफ्नो फ्यानसँग यो कुरा साटेका हुन् । उनले लिंग परिक्षण गरिएको भन्ने हल्लालाई समेत नकार्दै आफूले त्यस्तो कुनै काम नगरेको बताए ।
उनले आजसम्म परिवार चुप लाग्नुको पछाडी आफूहरुको भावाना र व्यक्तिगत कारण रहेको बताएका छन् । साहरुखले आफूहरुको तेश्रो बच्चा सरोगेसी मार्फत पैदा भएको बताउँदै आफूहरुको व्यक्तिगत बिषयमा खासै धेरै हल्ला नगरिदिन सबैसँग आग्रह गरेका छन् । साहरुखले भर्खरै जन्मेको बच्चाको बिषयमा विभिन्न खालका स्पष्टिकरण दिनुपरेकोमा दुख समेत व्यक्त गरेका छन् । उनले आफ्नो परिवारमा निक्कै राम्रो समय चलिरहेको बताएका छन् ।
साहरुखले विज्ञप्तीको अन्तिममा भनेका छन्, ‘यो दुनियाँमा कुनै बच्चाको जन्म हुनुको अर्थ भगवान यो संसारलाई अझै अगाडी बढाउन चाहन्छन् ।’ साहरुखले बच्चाको बिषयमा मुख खोलेसँगै उनलाई ट्विटर र फेसबुक मार्फत वधाई दिनेको भिड लागेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger