Widgets

Home » » खराब बजारमा 'फिटकिरी' नबेच्ने

खराब बजारमा 'फिटकिरी' नबेच्ने

Written By sangalo on Wednesday, July 10, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पछिल्लो समयमा नेपाली फिल्मको बजार खस्किँदो देखेर नेपाली फिल्म निर्माताहरु दिक्क भइसकेका छन् । यसै क्रममा 'फिटकिरी' निर्माता अर्जुन कुमार पनि परेका छन् । अगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिटकिरी अब यो वर्षको अन्ततिर मात्र प्रदर्शनमा आउने भएको छ । खराब बजारमा राम्रो सामान बेचेर राम्रो मूल्य नपाउने भन्दै अर्जुनले फिल्म रिलिज पोष्टपोण्ड गरिएको बताए । अर्जुनले सुमित मैनालीको सहकार्यमा यस फिल्म निर्माण गरेका हुन् जसलाई अनुप बरालले निर्देशन गरेका छन् । फिटकिरी भित्र सौगात मल्ल र दिया मास्केले मुख्य भूमिका निभाएका छन् । निर्माता अर्जुनका अनुसार फिल्मको आधा लगानी विदेश रिलिजबाट उठाउने लक्ष्य रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger