Widgets

Home » » अरनिको राजमार्गमा अवरोध, यात्रुहरु अलपत्र

अरनिको राजमार्गमा अवरोध, यात्रुहरु अलपत्र

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोलखा - आफ्ना सहकर्मीको रिहाईको माग गर्दै ट्रक मजदुरहरुले आज अरनिको लोकमार्ग अवरुद्ध गरेका छन्। वन्यजन्तुको अङ्ग तस्करीको अभियोगमा केही महिनाअघि पक्राउ परेका सिन्धुपाल्चोक साँगाचोकका सुरजकुमार श्रेष्ठको रिहाईको माग गर्दै ट्रक मजदुर सङ्गठनहरुले आज बिहानैदेखि अरनिको लोकमार्गअन्तर्गत सिन्धुपाल्चोकको चेहेरेमा अवरोध पुर्यानएका हुन्। विदेशीलाई भगाई नेपाली चालकमाथि झुठो मुद्दा लगाएर पक्राउ गरिएको भन्दै यातायत मजदुर सङ्गठन अरनिको रुट ट्रक एकाइ समितिलगायतका मजदुर सङ्गठनद्वारा गरिएको लोकमार्ग बन्दबाट यात्रुहरु मारमा परेका छन्। सडक अवरोधका कारण राजधानीबाट दोलखा, सिन्धुपाल्चोकको बाह्रबिसे, तातोपानी तथा रामेछापका लागि छुटेका र ती जिल्लाबाट राजधानीका लागि छुटेका सवारीसाधन र सयौँ यात्रु बीचबाटोमै रोकिएका छन्। सिन्धुपाल्चोक प्रहरीका अनुसार अवरोध सुचारु गराउने प्रयास भइरहेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger