भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा यही साउन १४ देखि १८ गतेसम्म यहाँ सञ्चालन हुन लागेको 'प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल प्रतियोगिता' को विजेता टोलीलाई रु तीन लाख पुरस्कार प्रदान गरिने भएको छ।
नेपाली सेनाका सह–सेनानी बिभोद आलेले आज सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार उक्त प्रतियोगितामा दोस्रो स्थान हात पर्नेलाई रु एक लाख ५० हजार र तेस्रो हुनेलाई रु ७५ हजार प्रदान गरिने छ। त्यसैगरी १८ जना खेलाडी, दुईजना अफिसियल (टिम मेनेजर र प्रशिक्षक) गरी कुल २० जनालाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।
काठमाडौंको भद्रकालीस्थित जङ्गीअड्डा अगाडिको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एकजनालाई पुरस्कार स्वरुप स्कुटर प्रदान गरिनेछ। साथै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स र फरवार्डलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पाँच विकास क्षेत्र गरी आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुन आउने सबै विकास क्षेत्रका खेलाडीलाई आयोजक नेपाली सेनाले खाने, बस्ने र बसभाडालगायतको व्यवस्था गर्नेछ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिँदै दक्षिण एसियालीस्तरको प्रतियोगिता आयोजना गर्ने उद्देश्य रहेको सह–सेनानी आलेले जानकारी दिए ।
प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल विजेतालाई रु तीन लाख पुरस्कार दिइने
Written By sangalo on Saturday, July 27, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
समाचार
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.