Widgets

Home » » मुम्बई पुगेका इकु अलपत्र

मुम्बई पुगेका इकु अलपत्र

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


प्रवासी नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न मुम्बई पुगेका हास्यकलाकार सुलेमान शंकर इकु कार्यक्रमको भोलिपल्ट देखिनै आयोजक सम्पर्कबाहिर भएपछि अलपत्र परे। गत साता मुम्बई, पुना, वाशी र मुलुण्डमा आयोजित विविध सांस्कृतिक कार्यक्रममा सरिक हुन इकुसंगै लोक दोहोरी गायक गायिका खुमन अधिकारी र मुना थापा पनि मुम्बई पुगेका थिए। कार्यक्रम सकिएको भोलिपल्टै खुमन र मुना नेपाल फर्किए पनि आयोजकले पैंसाको व्यवस्था गरेर नेपाल पठाउँछु भन्दै होटेलमा राखिएका सुलेमान आयोजक सम्पर्कबिहीन भएपछि एक सातासम्म सोही होटलमा थन्किए। होटेललाई दिने पैंसा सकिएपछि इकु दुई दिनसम्म सहयोगी चन्दकला खनालको घरमा बसेका थिए। इकु स्थानीय नेपालीहरुको सहयोगमा नेपाल फर्किएका छन्। यता आयोजक उमेशप्रसाद जैशीले कार्यक्रम नोक्सान भएकोले चाहेर पनि इकुलाई समयमा पठाउन नसकेको जनाएका छन्। यस अघि हास्यकलाकार धुर्मुस र सुन्तलीलगायत अन्य कलाकारहरु पनि आयोजकले पैंसा नदिएपछि केही दिन मुम्बईमा थन्किएका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger