Widgets

Home » » छात्राहरुले ब्रा नलगाई परीक्षा दिनुपर्ने

छात्राहरुले ब्रा नलगाई परीक्षा दिनुपर्ने

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
परीक्षामा विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्न विभिन्न उपाय अपनाइन्छ । सबै सरीरको तलासी लिने तथा विद्यार्थीले चिट लुकाउन सक्ने स्थानमा विशेष निगरानी गर्ने समेत चलन छ हामीकहाँ । तर चोर्ने बानी परेका विद्यार्थीहरुले चिट लुकाउने तथा चोर्ने नयाँ नयाँ तरिका अपनाउन थालेर हैरान पार्ने गर्छन् । अझ आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीलाई परीक्षामा चिट चोर्न सजिलो पारिदिएको छ । यस्तो भएपछि परीक्षामा विद्यार्थीलाई हलभित्र मोबाइल, क्यामरा जस्ता उपकरण लैजान निषेध गर्ने मात्र होइन खासगरी छात्राहरुलाई भित्री वस्त्र लगाउन समेत बन्देज लगाउनुपर्ने अवस्था आएको छ ।
1
समाचार अनुसार चीनमा विश्वविद्यालयका छात्राहरु परीक्षाको दिन परीक्षा हलभित्र ब्रा नलगाइकन जानुपर्नेछ । ब्रा भित्र मोबाइल तथा चिट समेत लुकाएर लैजाने क्रम बढेपछि एक विश्वविद्यालयले महिला परीक्षार्थीलाई ब्रा नलगाइकन परीक्षा दिन आउनुपर्ने नियम बनाएको हो । यस अन्तरगत अब छात्रा परीक्षार्थीहरुले माथिल्लो वस्त्र भित्र ब्रा लगाउन पाउने छैनन् ।
गाओंकाओं भनिने उक्त कठीन परीक्षाका दौरान विद्यार्थीहरुले चिट चोर्न नपाउन् र परीक्षा निष्पक्ष होस् भनेर विश्वविद्यालयले यस्तो नियम बनाएको हो । महिला परीक्षार्थीहरुले परीक्षामा सोध्न सकिने सम्भावित प्रश्न र उत्तर रेकर्ड गराएर आफ्ना ब्रा भित्र राखेर सुन्ने डिभाइस लैजाने र परीक्षा हलमा उक्त डिभाइस प्ले गरेर सुन्दै उत्तर लेख्दै गरेर चोरी गर्ने घटना बढेपछि यस्तो उपाय अपनाइएको बताइएको छ ।
अब परीक्षार्थी छात्राहरुले परीक्षा हलभित्र छिर्नुभन्दा अगाडि ब्रा लगाए नलगाएको मात्र होइन कुनै डिभाइस तल्लो अन्तरवस्त्रमा लुकाए नलुकाएको जाँच्न समेत मेटल डिटेक्टरबाट आफ्नो सरीर तलासी गराउनुपर्नेछ ।
हुनत चीनका सबै प्रान्तका विश्वविद्यालयमा यो नियम लगाइएको होइन । उत्तरपूर्वी जिनलिङ प्रान्तको एक विश्वविद्यालयले युवतीहरुलाई ब्रा लगाएर परीक्षा दिन नपाउने यस्तो नियम बनाएको हो । यो कठोर नियमप्रति विद्यार्थीहरुले आपत्ति समेत जनाएका छन् । एजेन्सी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger