Widgets

Home » » बाढी र डुबानबाट दुई हजार परिवार प्रभावित

बाढी र डुबानबाट दुई हजार परिवार प्रभावित

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
धनगढी - बिहीबार रातिदेखि शुक्रबार मध्याह्नसम्म परेको अबिरल वर्षासँगै कैलालीमा भएको डुबान र बाढीको समस्याबाट झन्डै दुई हजार घर परिवार प्रभावित भएका छन्। बाढी र डुबानको समस्याबाट धनगढी नगर क्षेत्रमा झन्डै एक हजार घर र जिल्लाका अन्य गाविसमा एक हजार घर परिवार प्रभावित भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए। धनगढी नगर क्षेत्रमा कैलाली खोला, शिवनगर खोला र बैया बहेडी खोलामा आएको बाढीपछि भएको डुबानबाट सरस्वतीनगर, शिवनगर, शान्तिनगर गाउँ, बेली, तारानगर, धनगढी नगरपालिका र मुक्त कमैया वस्तीका घरहरु प्रभावित भएपछि अधिकांश परिवार आफन्तको घरमा सरेका थिए। डुबानबाट घरभित्र पानी पसेपछि यी परिवार प्रभावित भएका हुन्। नगर क्षेत्रको खोला आसपासका पाँच/छ घर बाढीले भत्काएको छ। जिल्लाको मालाखेती, गेटा, रामशिखरझाला, चौमाला, पहलमानपुर, फूलबारी, हसुलिया, लालबोझी, धनसिंपुर, भजनीलगायतका गाविस डुबान र बाढीबाट बढी प्रभावित भएका छन्। यी क्षेत्रका प्रभावित परिवारलाई प्रहरीले उद्धार गरी तत्काल सुरक्षित स्थानमा सारेको छ। केही परिवार आज बिहानसम्म पानीको सतह घटेपछि आ–आफ्नो घरतर्फ लागेका प्रहरीले जनाएको छ। जिल्लाको सबैभन्दा होचो क्षेत्रमा रहेको लालबोझी गाविसमा डुबानबाट बिचल्लीमा परेका घर परिवारले आ–आफ्नो घरको छाना र छतमा बसेर रात काटेका छन्। लालबोझी गाविस पूरै जलमग्न भएकाले त्यहाँ आजसम्म पनि प्रहरी उद्धार टोली पुग्न सकेको छैन्। मालाखेती गाविसकी १३ वर्षीया चन्द्रा भट्टराईको घर नजिकैको खोलामा आएको बाढीमा डुबेर मृत्यु भएको छ भने फूलबारी नदीमा डुबेर बेपत्ता भएका स्थानीय २५ वर्षीय भुवन चौधरी सुकशल फेला परेका छन्। नदीमा डुबेर बेपत्ता भएका चौधरीलाई झण्डै तीन किलोमिटर तल सोही नदी किनारको रुखमा चढेर बसेको अवस्थामा फेला पारिएको हो। वर्षासँगै कान्द्रा नदीको बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर सडक खण्डको कालोपत्रे सडक कटान गरी क्षति पुर्या एको छ। बाढीका कारण कान्द्रा नदीमाथिको पुल पनि खतरामा परेको स्थानीयवासीले बताएका छन्। बाढी र डुबानबाट प्रभावित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा शुक्रबारदेखि नै तयारी तथा सुख्खा खानेकुरा वितरण सुरु गरिएको छ। बाढी र डुबानबाट परेको क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ। अबिरल वर्षापछि यहाँ बिहीबार रातिदेखि शुक्रबार मध्याह्नसम्म २०९.९ मिलिमिटर वर्षा भएको स्थानीय जल तथा मौसम विज्ञान विभागको कार्यालयले जनाएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger