Widgets

Home » » कलेज ड्रेसमा मोटरसाइकल निषेध

कलेज ड्रेसमा मोटरसाइकल निषेध

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - भर्खरै प्लस टु भर्ना भएकाहरु होसियार! मोटरसाइकलमा कलेज जाने योजना भए आजै बदल्नुस्, ट्राफिकले रोक्नेछ, दोस्रोपटक ५ हजार जरिवाना लिनेछ, पटकपटक अटेर गरे कलेजबाटै निकालिइन सक्छ। आइतबारदेखि कक्षा ११ र १२ को नयाँ सत्र सुरु हुँदैछ। यही मौका पारेर उच्च माध्यमिक शिक्षा परिषदले प्लस टुका विद्यार्थीलाई कलेज पोसाकमा मोटरसाइकल चलाउन नपाउने बेहोराको आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। मोटरसाइकल चढेर कलेज आउने विद्यार्थीका कारण विकृति र दुर्घटना बढेको भन्दै परिषदले यही वर्षदेखि आचारसंहिता ल्याएको थियो। गतिलो कार्यान्वयन नभएको पाइएपछि परिषदले कलेज पोसाकमा मोटरसाइकल चलाएको भेटे कारबाही गर्न शुक्रबार ट्राफिक प्रहरीलाई आग्रह गरेको हो। परिषदको आचारसंहिताको ३ नम्बर बुँदामा कक्षा ११ र १२ का विद्यार्थीले स्कुल पोसाकमा मोटरसाइकल चढ्न निषेध गरिएको छ। परिषदले शुक्रबार ट्राफिक कार्यालय, क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालय, अभिभावक, प्लस टु सञ्चालक तथा विद्यार्थीलाई सार्वजनिक सूचना जारी गरी आइतबारदेखि स्कुल पोसाकमा मोटरसाइकल चढ्ने विद्यार्थीको मोटरसाइकल खोसेर अभिभावकलाई बुझाइदिन अनुरोध गरेको छ। परिषदका अनुगमन शाखाप्रमुख डम्बर बतासले यो शैक्षिक सत्रको सुरु (वैशाख) बाटै देशभरिका प्लस टु, क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालय, अभिभावक तथा विद्यार्थी वर्गलाई लक्षित गरी आचारसंहिता जारी गरेको जानकारी दिए। आचारसंहिता कार्यान्वयन नभएको गुनासा परिषदमा आएपछि शुक्रबार कडा निर्देशन दिइएको उनले बताए। 'परिषदले बुधबार उच्च माध्यमिक विद्यालयका प्रिन्सिपलहरुलाई परिषदमा डाकेर प्लस टु हाताभित्र विद्यार्थीले पोसाक लगाएर मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउन कडा निर्देशन दिएको छ,' बतासले नागरिकसँग भने, 'यसमा सहयोग गर्न ट्राफिकलाई समेत आह्वान गरेका छौं।' प्लस टुका विद्यार्थीले मोटरसाइकल चलाउँदा दुर्घटना बढेको र असामाजिक विकृति बढेको निष्कर्षसाथ गत वर्ष जेठ २५ मा ट्राफिक कार्यालयका प्रहरी नायब महानिरीक्षक गणेश राईले अभिभावक संघ नेपाल, हिसान, प्याब्सन, एन–प्याब्सन तथा परिषदका प्रतिनिधिको छलफल राखेका थिए। छलफलले १८ वर्षमुनिका किशोरकिशोरी मोटरसाइकल चलाउन मानसिक र शारीरिक रुपले तयार नहुने हुनाले दुर्घटना बढेको निष्कर्ष निकालेको थियो। सोही निष्कर्षका आधारमा परिषदले सजायसमेत व्यवस्था गरी आचारसंहिता बनाएको थियो। 'यही व्यवस्थालाई कडाइसाथ कार्यान्वयन गर्न शुक्रबार सूचना जारी गरेका हौं,' बतासले भने, 'प्लस टुका प्रिन्सिपललाई पनि मोटरसाइकल प्रतिबन्ध गर्न विद्यार्थीलाई आचारसंहिता नै बाँड्न निर्देशन दिएका छौं।' अचारसंहिताविपरीत पहिलोपटक समातिए अभिभावकलाई बुझाइने, दोस्रोपटक ५ हजार जरिवाना भराउने, त्यसभन्दा बढी पटक अटेर गरे विद्यालयबाट निष्कासनसमेत गर्न सक्ने व्यवस्था परिषदको आचारसंहितामा छन्। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले प्लस टुका विद्यार्थी १८ वर्षभन्दा कम हुने भएकाले मोटरसाइकल हानिकारक साबित भएको बताउँदै आचारसंहिता ल्याउनु उचित भएको प्रतिक्रिया दिए। 'किशोरकिशोरीलाई अभिभावकले मोटरसाइकल दिँदा उनीहरु स्कुल बंक गरी घुम्ने गरेको पाइएको छ,' भण्डारीले भने, 'मोटरसाइकलले पढाइमा नकारात्मक असर पुग्नुका साथै दुर्घटनाले जीवन नै खतारामा पर्ने सम्भावना बढी हुन्छ।' उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का वरिष्ठ उपाध्यक्ष बाबुराम पोख्रेलले पनि पषिदको निर्णय सही भएको बताए। 'यो उमेरका केटाकेटीले मोटरसाइकललाई मनोरन्जनको साधनको रुपमा प्रयोग गर्दै आएकाले दुर्घटनामा पर्छन्,' उनले थपे, 'आइतबारदेखि कक्षा ११ को नयाँ सेसन सुरु हुँदैछ। हामीले विद्यार्थीलाई ओरिएन्टेसनमै आचारसंहिता बाँडेका छौं।' हिसानले मोटरसाइकल प्रतिबन्ध गर्न पूरै सघाउने उनले बताए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger