Widgets

Home » » विश्वकपको फाइनल हेर्न झण्डै १ लाखको टिकट !

विश्वकपको फाइनल हेर्न झण्डै १ लाखको टिकट !

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ साउन, काठमाडौं । आगामी वर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा अन्तराष्ट्रिय दर्शकहरुका लागि टिकटको मूल्य घोषणा भएको छ । समूह चरणको खेलको टिकट मूल्य ९० डलर अर्थात हालको डलरको भाउ अनुसार ८ हजार ६ सय ४० रुपैयाँ पर्छ ।
football world cup 2014
फिफाका अनुसार १३ जुलाईमा हुने फाइनल भिडन्तको टिकट सबैभन्दा सस्तो ४ सय ४० डलर अर्थात ४२ हजार २ सय ४० र सबैभन्दा महंगो ९५ हजार ४० रुपैयाँ पर्छ । विश्वकप आगामी वर्ष जून १२ मा सुरु हुनेछ र पहिलो खेल साओ पाउलोमा हुनेछ । टिकट विक्रि यस वर्षको अगष्ट २० बाट सुरु हुनेछ । फुटबल प्रेमीहरुले १० अक्टोबरसम्म टिकटका लागि आवेदन दिन सक्नेछन्, त्यसपछि मतदानको माध्यमबाट कसलाई टिकट दिने भन्ने तय गरिनेछ । यसपछि पहिले आएको आधारमा टिकट विक्रि गरिनेछ । फुटबल प्रेमीहरुका लागि कूल ३० लाख टिकट उपलब्ध हुनेछ ।
ब्राजिलका नागरिकका लागि सबैभन्दा सस्तो टिकट १५ डलरको छ । तर, यो विद्यार्थी, ६० वर्षभन्दा बढी उमेरका मानिस र सरकारी सहायता पाएकाहरका लागि हो । अन्य ब्राजिलीयनहरुले भने न्यूनतम ३० डलर खर्च गर्नुपर्छ ।
फिफाको टिकट वेबसाइटमा स्टेडियमको नक्सा पनि राखिएको छ, जसमा अलग अलग मूल्य भएको टिकटको स्थान देखाइएको छ । दर्शकहरुले रहेक म्याचका लागि अधिकतम ४ टिकट र धेरैमा सात खेलको टिकट किन्न सक्नेछन् ।
टिकेट किनिसकेपछि खेल हेर्न जान नपाइने भयो भने फेरि बेच्न सकिने व्यवस्था छ । ब्राजिलका नागरिकहरुका लागि कम्तिमा ४ लाख टिकट छुट्याइएको छ । जसमा ५० हजार टिकट मैदान निर्माणमा काम गर्नेहरुका लागि हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger