Widgets

Home » » अमेरिकीले यसरी गर्दा रहेछन् पार्टनरको चियो चर्चो

अमेरिकीले यसरी गर्दा रहेछन् पार्टनरको चियो चर्चो

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

patner

प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वासको कुरा गर्ने हो भने अमेरिकीहरु समग्रमा निकै शंकालु रहेछन् । औषतमा सयमा ५५ जना अमेरिकीले आफ्नो प्रेमी,प्रेमिका वा लोग्ने स्वास्नीको चियो चर्चो गर्दा रहेछन् । सर्भेक्षण अनुसार न्युयोर्कबासीहरु भने केही विश्वासिला रहेछन् । ५१ प्रतिशत न्युयोर्क बासीले आफुले पार्टनरको जासूसी गर्ने नगरेको र पार्टनरप्रति विश्वास रहेको बताए । न्युयोर्क डेलीमा छापिएको रिपोर्टका अनुसार सबैभन्दा विश्वासिला जोडीका सहर मस्ट ट्रस्टिङ सिटीको रुपमा ज्याक्सल भिल्ले पहिलो नम्बरमा छ । त्यहाँका ५५ प्रतिशत मानिसहरुले आफुले आफ्नो पार्टनरप्रति विश्वास गर्ने गरेको र कहिल्यैपनि चियो चर्चो नगर्ने बताएका छन् । जबकी रिचमण्ड भने सबैभन्दा शंकालु जोडीहरुको सहरको रुपमा रहेको छ । त्यहाँका सयमा ६८ जना मानिसले आफ्नो पार्टनरको चियो चर्चो गर्ने गरेका छन् । सर्भेका क्रममा यो पनि पत्ता लागेको छ की पार्टनरको जासूसीको सबैभन्दा साझा तरिका उसको इमेल, टेक्स म्यासेज तथा सोसल साइट अकाउण्ट चेक गर्नु रहेको छ । करीब १८ प्रतिशत मानिसले पार्टनरको जासूसीका लागि आफुले पार्टनरले कसैसँग फोनमा कुरा गरिरहेको बेला कान ठाडो पारेर सुन्ने गरेका रहेछन् र कतिपयले त फोन ट्याप समेत गर्ने गरेका रहेछन् । जबकी ४ प्रतिशतले त पार्टनरको जासूसी गर्नका लागि भाडाका मान्छे नै खटाएका हुन्छन् । ७ प्रतिशतले मोबाइलको जिपिएस ट्रयाकरको सहायताले पार्टनरको जासूसी गर्छन् भने १६ प्रतिशतले पार्टनरको क्रेडिट कार्ड स्टेटमेण्ट चेक गरेर चियोचर्चो गर्छन् । यसरी पार्टनरको जासूसी गर्नेमा ७३ प्रतिशत महिला र २७ प्रतिशत पुरुष रहेको अध्ययनले देखाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger