Widgets

Home » » रोग प्रतिरोधी क्षमता बढाउने केही खानेकुरा

रोग प्रतिरोधी क्षमता बढाउने केही खानेकुरा

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

graps

सरीरको इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधी क्षमता कमजोर भयो भने विभिन्न खाले रोगब्याधीले च्याँप्छन् । रोग विरुद्ध लड्ने सरीरको प्रतिरोधी क्षमता वृद्ध गर्न र सरीरलाई स्वस्थ राख्नका लागि स्वस्थ जिवनशैली, सन्तुलित आहार विहारको खाँचो हुन्छ । भोजनमा तपाइँले समावेश गर्ने खानेकुरामा तल दिइएका ८ प्रकारका खानेकुरा समेत समावेश गर्नुभयो भने तपाइँको सरीरको रोग विरुद्ध लड्ने क्षमता अवश्य पनि बढ्नेछ ।
१. लसुनः यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व हुन्छ । साथै यसले सरीका सिपाही मानिने सेता रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहन गर्छ ।
२.अंगुरः अंगुरमा प्रसस्तै भिटामिन सी पाइन्छ । यसमा बायो फ्लाभिनोइड्सका साथै अन्य फाइटो न्युटि्रएन्टस्हरु पाइन्छ । समग्रमा यसले
सरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
३.च्याउः च्याउमा सेलेनियमका साथै एन्टि अक्सिडेन्ट तत्व पाइन्छ । भिटामिन बी लगायतका भिटामिन पनि च्याउमा प्रसस्तै पाइन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइने विभिन्न अनुसन्धानले देखाएको छ ।
४.सागपातः विभिन्न नामका हरिया सागपातमा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।
५. काउलीः काउली तथा ब्रोकाउलीमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा कोलिन, ग्लुटाथियोन लगायतका तत्व पाइन्छन् ।
६.कटुस, ओखर जस्ता नट्सहरुमा पर्याप्त प्रोटिन, चिल्लोका साथै भिटामिन इ, ओमेगा ३ फ्याट्टी एसिड तथा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।
७. अण्डाको पहेँलो भागमा प्रोटिन, जिंक, सेलेनियम जस्ता तत्वहरु हुने भएकाले यसको सेवन मानिसको रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी हुन्छ ।
८. दहीः दही स्वास्थ्यको लागि निकै लाभदायी खानेकुरा हो । यसको सेवनले आन्द्राका विभिन्न खाले रोग र क्यान्सर समेतको जोखिम कम गर्ने र सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने विज्ञहरुको दाबी छ । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger